
काठमाडौं, ६ साउन। पूर्वप्रधानमन्त्री तथा नयां शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई युरोप भ्रमणमा जाने भएका छन् । भट्टराई गैरआवाशीय नेपाली संघको युरोपीय क्षेत्रीय बैठकमा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
भ्रमणमा उनकी पत्नी तथा नयां शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि सहभागी हुनेछिन् ।
उनले भ्रमणका क्रममा सम्भव भएसम्म प्रवुद्ध व्यक्ति, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसंग भेटघाट, अन्तरक्रिया तथा छलफल गर्ने भएका छन ।
भट्टराई रुस हुंदै युरोपका विभिन्न देशहरु स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली लगायतमा पुग्ने उनको सचिवालयले जानकारी दिएका छन ।



















प्रतिक्रिया दिनुहोस्