चितवन , साउन ५ प्रदेश नम्बर ३ का कृषि, सहकारी तथा भुमि व्यवस्था मन्त्री दावा लामाले दुधको मुल्य घटेको विरोधमा दुध नपोख्न आग्रह गरेका छन् ।
दुधको मुल्य घटाएको बिरोधमा चितवनका किसानहरुले शुक्रबार सडकमै दुध पोखेका थिए । चितवनमा आज एक कार्यक्रममा बोल्दै मन्त्री लामाले किसानलाई परेको पिडा र समस्याको बिषयमा आफुले जानकारी पाएको र उक्त बिषयमा केन्द्र सरकारमा पनि कुरा पुगेकोले दुध नपोख्न आग्रह गरे ।
दुधको मुल्य घटाइएको बिषयमा मुख्यमन्त्री र संघका कृषि मन्त्रीसँग कुरा गरेको र यसको समाधान हुने मन्त्ती लामाले बताए । उनले पाउडर दुधको उत्पादक सुरु नगरेसम्म यसको दृघकालिन समस्या समाधान नहुने भन्दै त्यसको समाधानको लागि पाउडर दुध उद्योग स्थापनाको गर्न २ करोड बजेट विनियोजन गरेको बताए । उनले पशुपालन किसानलाई निराश नबनाई थप प्रोत्साहन हुने कार्यक्रम प्रदेश सरकारले ल्याउने दावी गरेका गरे ।
प्रतिक्रिया दिनुहोस्