काठमाडौं,५ साउन । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा बिभेद र असमानता अन्त्य नभएसम्म राजनीतिक समस्या समाधान नहुने बताउनुभएको छ ।
संघिय समाजवादी फोरम नेपाल काठमाडौ जिल्ला समितिले शनिबार काठमाडौमा आयोजना गरेको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहनुभएका यादवले राजनीतिक समस्याको स्थायी समाधानका लागी मुलुकमा व्याप्त बिभेद र असमानता अन्त्य हुनुपर्ने बताउनुभएको हो ।
उहाले अहिलेको संबिधानले पनि बिभेद र असमानतालाई सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । संबिधान संसोधनमार्फत बिभेद र असमानतालाई समाधान गर्नका लागी सहमतिय आधारमा सरकारका सामेल भएको भन्दै उहाले संसोधनका लागी सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै उहाले संबिधानमा नै सम्पतीमाथि जनताको अधिकार उल्लेख भएको भन्दै सरकारले बिनामुआव्जा कसैको सम्पती लिन नपाने तर्क गर्नुभयो ।
कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तीहरुलाई सम्मान गरिएको थियो भने अन्य पार्टीबाट आएका केहिलाई अध्यक्ष यादवले संघिय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्