काठमाडौं,५ साउन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डाक्टर गोविन्द केसीको माग पुरा नभए देशमा आगो बल्ने बताउनुभएको छ ।
डा. गोविन्द केसीको समर्थनमा सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सद्वारा काठमाडौको बानेश्वरमा आयोजित प्रदर्शन कार्यक्रमको कोणसभामा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो ।
एक मानिस मृत्युशैय्यामा रहेको र अक्सिजन दिएर भएपनि बचाउनु सरकारको धर्म रहेको उहाको भनाई छ । उहाले डा. केसीले जनताको निम्ति माग राखेको भन्दै केसीको मुद्दालाई राजनीतिक रुपमा क्यास नगर्न समेत चेतावनी दिनुभयो । उहाले छिटो भन्दा छिटो डाक्टर केसीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।
२२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सले प्रदर्शन गरेको हो । प्रर्दशनमा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक तथा विद्यार्थीहरू सहभागी थिए ।
त्यस्तै र्यालीमा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्याधीश कार्की, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डाक्टर केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्