काठमाडौं,५ साउन । डाक्टर गोविन्द केसीले उठाएको मुद्दा लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल तरुण दल र प्रहरीबिच काठमाडौका नयाँ बानेश्वरमा झडप भएको छ ।
सरकारविरुद्ध प्रर्दशन गर्दे माईतिघरबाट आएको जुलुसले वानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।
अवस्था नियन्त्रणमा लिन प्रहरीले एक दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा क्रममा आन्दोलनकारीले ढुंगामुडा गरेका थिए भने प्रहरीले लाठी चार्ज गरेको छ । झडपका कारण केहिवेर बानेश्वर क्षेत्र तनावपूर्ण बनेको थियो ।
घटनामा परी तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगाएतका केहि घाइते भएका छन् भने सुरक्षाकर्मी पनि घाइते भएका छन् । डाक्टर गोविन्द केसीको माग पुरा गर्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षी र उसका भातृसंगठन आन्दोलित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्