काठमाडौं, ४ साउन । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा उनका समर्थकहरुसँग भएको झडपको घटनामा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।
उपाध्यायको नेपालगञ्ज मेडिकल कलेजमा विहीबार रातिदेखि आईसीयूमा राखेर उपचार भैरहेको छ । उपाध्यायको स्वास्थ्यमा सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र अर्यालले उपाध्यायलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्