पाल्पा, ४ साउन । पाल्पामा ७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा तानसेनको सेन्चुरी हट रेष्टुरेन्टबाट एकलाख १५ हजार ६ सय ९५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो ।
तानसेन नगरपालिका वडा नम्बर ११ का वडा सदस्य चुराबहादुर गोदार, तानसेन ४ का कृष्ण थापा, गणेश कुँवर, तानसेन ३ का सुशील कुँवर, तानसेन २ का टेकनाथ न्यौपाने, तानसेन ४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका ६ का शिव जीसीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्