
काठमाडौं,३१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीलाई अझै एकतावद्ध बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
अध्यक्ष दाहालले पार्टीभत्र केही त्रुटि भए सच्याउँदै लैजाने संकल्प लिइएको पनि बताउनु भयो । उहाँले पार्टीलाई कमजोर बनाउन केही शक्तिले चलखेल गरिरहेको उल्लेख गर्दै त्यसबाट सचेत हुन पनि नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो ।
सहीद विष्णु चौलागाईँको समृतिमा आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सहिदहरुको सपना खेर जान नदिने पनि बताउनु भयो ।
उहाँले सहीदहरुकै बलिदानको प्रतिफल स्वरुप मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्दै त्यो उपलब्धिलाई जोगाएर अघि बढने पनि बताउनु भयो ।
अध्यक्ष दाहालले सहिदहरुले देखाएको बाटोबाटै मुलुकलाई अघि बढाउन आफूले गतिका साथ काम गरिरहेको दावी पनि गर्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्