
काठमाडौं,३१ असार । नेपाली काग्रेसका महामन्त्री शशांक कोईरालाले पार्टीलाई मजवुद बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ ।
सुशील कोईराला मेमोरियल फाउण्डेशनले आईतबार काठमाडौमा आयोजना गरेको नेपालमा उद्यमशिलताःसामाजिक र सरकारी दायित्व बिषय अन्तक्र्रिया कार्यक्रममा उहाले पार्टीलाई एकतावद्ध र मजबुद ढंगले अघि बढाउनका लागी सबै नेताहरु जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको हो ।
कोईरालाले नेताहरुले दुई घण्टामात्र पार्टीका लागी समय दिने प्रयाप्त हुने जिकिर गर्नुभयो । राम्रो काम गर्नका लागी मुलुकमा अवसर नै अवसर रहेको भन्दै जिम्मेवार भएर मुलुकको बिकासमा लाग्नुपर्ने जिकिर गर्नुभयो । उहाले समाज रुपान्तरणका लागी राजनीतिज्ञहरुलाई नै प्रशिक्षण आवश्यक रहेको तर्क गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले नेपालको बिकासका लागी प्रत्याप्त स्रोतहरु रहेकाले यसको सहि सदूपयोग गर्नुपर्ने धारणा राखेका थिए ।



















प्रतिक्रिया दिनुहोस्