
पाल्पा ३१ असार । पाल्पामा मौसम परिवर्तन हुदा, आकाशमा कालो बादल देखिदा, सामान्य पानी पर्दा विधुत सेवा अवरुद्धले जनता हैरानीमा परेका छन । दैनिक ७१ पटक सम्म विधुत सेवा अवरुद्ध भएपछि पाल्पालीले मात्र होइन , छिमेकि जिल्ला गुल्मी र पुर्वि अर्घाखाचीका जनताले समेत सास्ती खेप्दै आएका छन ।

पाल्पाको वतासे डांडामा रहेको सव स्टेसन भएर गुल्मी र अर्घाखाची जिल्लाका लागि पनि विधुत सेवा विस्तार भएकोले पाल्पामा विधुत अवरुद्ध हुदा त्यसको असर छिमेकी जिल्लामा पनि परेको हो ।
सरकारले देशभरी नै लोडसेडिङ मुक्त घोषणा गरेपनि पाल्पामा भने अघोषित लोडसेडिङ बाट जनताहरु पिडित भएका छन । छिन छिनमा आउने, छिन छिनमा विधुत अवरुद्ध हुदा विधुत सरसमान अत्याधिक रुपमा विग्रिएको, सर्ट भई ड्यामेज भएको, उपभोक्ताले बताएका छन ।
पटक पटक विधुत अवरुद्ध हुदा, अनिवार्य रुपमा फ्रिजिङ गर्नुपर्ने मासु, दुध, आईक्रिम जस्ता सरसमान विग्रिएको उपभोक्ताले बताएका छन । पाल्पामा अधिकाश स्थानमा लिफ्ट प्रणालीबाट खानेपानीको वितरण हुदै आएकोले विधुत अवरुद्ध हुदा पानी खान बाट समेत बञ्चित भएका छन । पटक पटकको अघोषित लोडसेडिङ पाल्पाका ठुला ठुला होटल व्यबसायीहरु प्रत्यक्ष मारमा परेका छन ।
पटक पटकको विधुत अवरुद्धले फर्निचर व्यबसाय समेत नराम्रो संग प्रभावित भएको छ । अडर भएका फर्निचरका सरसमान समेत विधुत अवरुद्ध बनाउन नपाएको, कामदार दिनभरी खाली बस्नु परेको, विधुतकै कारण लाखौ रुपैया घाटा भएको फर्निचर व्यबसायीहरुको गुनासो रहेको ।
दैनिक रुपमा पटक पटकको विधुत अवरुद्धले जनता मिडिया उधोगहरु तथा संचारकर्मीहरु समेत अघोषित लोडसेडिङको प्रत्यक्ष मारमा परेका छन । लामो समय सम्म विधुत अवरुद्ध हुदा जिल्लामा संचालित एफ एम रेडियोको प्रशारण समेत अवरुद्ध हुदै आएको छ भने पत्रपत्रिका समेत नियमित रुपमा प्रकाशित हुन सकेका छैनन ।
तानसेनमा उच्च शिक्षा र माध्यमिक तहको शिक्षाको लागि अध्यान गर्न आउने विद्यार्थीको लागि लोडसेडिङले नराम्रोसँग प्रभावित तुल्याएको छ । परिक्षको समय छ । अन्धकारमा बस्नु परेको विधार्थीहरुले बताएका छन ।



















प्रतिक्रिया दिनुहोस्