ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

ज्येष्ठ नागरिकलाई महानगर विशेष भत्ता वितरण


bhawani desk
असार २२, २०७५ शुक्रबार  ११ : २५ बजे

काठमाडौं,२२ असार । काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघर र अस्पतालमानै पुगेर ज्येष्ठ नागरिक महानगर विशेष भत्ता वितरण गरेको छ ।

अस्पतालमा उपचार गराई राख्नुभएका वडा नम्बर ७ का ८६ वर्षीया सीता डंगोल र ८५ वर्षीय मीनप्रसाद उपाध्यायलाई महानगरको टोलीले अस्पतालमा नै पुगेर बिहीबार ज्येष्ठ नागरिक विशेष भत्ता वितरण गरेको हो ।

वडा नम्बर ७ कै सिफल पनेकु मार्गमा आफ्नो घरमा बस्दै आउनुभएका ८६ वर्षीय जुजुभाइ महर्जन र ७६ वर्षीया नानीमाया महर्जनलाई पनि घरमा नै पुगेर विशेष भत्ता प्रदान गरिएको छ ।

लामो समयको अन्तरालमा गत वर्ष स्थानीय तहमा जनप्रतिनिधि आएपछि कामपाले यस वर्षदेखि ज्येष्ठ नागरिकलाई महानगर विशेष भत्ता वितरण गर्न शुरु गरेको हो । कामपाका ३२ वडामध्ये अहिले वडा नम्बर ७ र २६ वडाका ज्येष्ठ नागरिकलाई यस किसिमको सुविधा प्रदान गरिसकेको छ ।

वडा नं २६ मा ७५ वर्ष उमेर पूरा भएका महिलाको संख्या ११२ र ८० वर्ष उमेर पूरा भएका पुरुषको संख्या ४२ रहेको छ । त्यस्तै, ४११ जना एकल महिला, ८५३ जना ज्येष्ठ नागरिक, १५ जना पूर्ण अपांगता भएका र २३ जना आंशिक अपांग छन ।

त्यसैगरी, वडा नं ७ मा सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकको संख्या ११४०, एकल महिला ५०४, पूर्ण अपांग २४ र आंशिक अपांग १३ जना रहेका छन

भत्तासँगै उहाँहरुको स्वास्थ्य अवस्था बुझ्नका लागि स्वास्थ्यकर्मी पनि परिचालन गरिएको छ, जसमा एकजना डाक्टरसहित चारजना रहेका छन् । बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म निःशुल्क सेवा उपलब्ध गराइने छ भने ल्याबको सुविधा, निःशुल्क औषधिलगायतको सेवा हुनेछन् ।

७५ वर्ष उमेर पूरा भएका महिला, ८० वर्ष उमेर पूरा भएका पुरुषका लागि जनही वार्षिक रु १२ हजार सहित फलफूल, पोषिलो खानेकुरासहित सम्मान प्रदान गरिएको छ ।

ज्येष्ठ नागरिकको सम्मान र उनीहरुले देखाएको बाटोमा हिँड्ने र महानगरलाई समृद्ध बनाउनु सबैको दायित्व रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन ।

प्रमुख शाक्यका अनुसार हाल महानगरमा करीब छ हजार ९२२ जना उक्त उमेर समूहका नागरिक रहेको प्रारम्भिक अनुमान गरिएको छ । सामान्यतया कामपाले यसका लागि वडाका नागरिकलाई वडा कार्यालय तोके पनि तोकिएको स्थानमा आउन नसक्ने नागरिकलाई जहाँ जहाँ ज्येष्ठ नागरिक सोही स्थानमा गएर कामपाका प्रतिनिधिले उक्त सुविधा प्रदान गरिरहेका छन् ।

त्यसैगरी, कामपाको जनस्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठ भन्छन, महानगरले दिएको वार्षिक रु १२ हजार ज्येष्ठ नागरिकलाई दैनिक जीवनयापन गर्न खासै अर्थ नराखे पनि स्थानीय सरकार रहेको छ भन्ने आभाष पक्कै नै भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ऐतिहासिक झट्का: किन कांग्रेस र एमालेले व्यहोरे सर्मनाक हार ?

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

रोल्पामा वर्षमान पुन विजयी

रौतहट-१ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा

सुनसरी-१ : हर्क साम्पाङको ५ हजार बढी मतले अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com