ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वविद्यालयले आंगिक क्याम्पस विस्तार गर्दै


bhawani desk

चितवन, २१ असार ।  निजी शिक्षण संस्थालाई सम्बन्धन दिन खोज्दा चौतर्फी आलोचना व्यहोरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले आंगिक क्याम्पस विस्तार गर्दै अघि बढेको छ ।

हालसम्म चार ठाउँमा आंगिक क्याम्पस सञ्चालन भइरहेका छन् । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार आउँदो शैक्षिकसत्रका लागि महोत्तरीको बर्दिवासमा कृषि स्नातक र उदयपुरको कटारीमा वनमा स्नातक पढाइ सञ्चालन गरिने भएको छ ।

विश्वविद्यालयको सिनेटले १० ठाउँमा आंगिक क्याम्पस सञ्चालन गर्न प्रस्ताव गर्दै बजेट माग गरेकामा विश्वविद्यालय अनुदान आयोगले सात ठाउँका लागि निर्णय गरेको थियो । ढकालका अनुसार सात ठाउँमध्ये धनकुटाको पाख्रिबास, कैलालीको टीकापुर र सिन्धुलीको कपिलाकोटमा कृषि स्नातकमा हरेक क्याम्पसमा ५० जनाका दरले यसै शैक्षिकसत्रबाट अध्ययन अध्यापन भइरहेको छ ।

अनुदान आयोगको सात क्याम्पसबाहेकको कास्कीको पुरनचौरमा पनि कृषि स्नातक पढाइ भइरहेको छ । अन्य चारमध्ये बर्दिवास, उदयपुर, बाँकेको खजुरा र रोल्पाको माडीचौर रहेका छन् ।
उहाँका अनुसार बर्दिवासको सम्पूर्ण प्रक्रिया सकिएको छ भने कटारीको सुष्मा मेमोरियल ट्रष्टले वनको कार्यक्रम सञ्चालन गर्न जग्गा विश्वविद्यालयको नाममा हस्तान्तरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ ।

ट्रष्टको नाममा रहेको २७ बिगाहा र थप दुई बिगाहा खरिद गरी विश्वविद्यालयको नाममा हस्तान्तरण गरेर वन क्याम्पस सञ्चालन गर्दैछ । विश्वविद्यालयले आंगिक क्याम्पस सञ्चालन गर्न पहाडमा कम्तीमा १०० रोपनी र तराईमा आठ बिगाहा जग्गा विश्वविद्यालयको नाममा रजिष्ट्रेशन गर्नुपर्ने प्रावधान बनाएको छ ।

खजुरा र माडीचौरमा पनि प्रक्रिया जारी रहेकाले चाँडो काम भएमा आउँदो शैक्षिकसत्रबाटै कार्यक्रम सञ्चालन गर्न सकिने ढकालले बताउनुभयो ।

विश्वविद्यालयको सिनेटले आंगिक क्याम्पस दिन निर्णय गरेका अन्य ठाउँमध्ये गोर्खाको च्याङ्ली, स्याङजाको चापाकोट र दैलेखको दुल्लुमा पनि प्रक्रिया अघि बढिरहेको उहाँले बताउनुभयो ।

ती ठाउँमा आंगिक क्याम्पस शुरु हुँदै गर्दा विश्वविद्यालयका ११ ठाउँमा आंगिक क्याम्पस सञ्चालन हुनेछन् । दुई वर्षभित्रमा ती सबै ठाउँमा आंगिक क्याम्पस सञ्चालन गर्ने लक्ष्य विश्वविद्यालयको छ ।

हाल विश्वविद्यालयले केन्द्रीय कार्यालय रहेको रामपुरमा कृषि स्नातकदेखि विद्यावारिधिसम्म र हेटौँडामा वन विज्ञानको स्नातकदेखि विद्यावारिधिसम्म पढाउँदै आएको छ ।

विश्वविद्यालयमा निजी क्षेत्रबाट २० वटा क्याम्पसले सम्बन्धनका लागि निवेदन पेश गरेकामा केही क्याम्पसलाई सम्बन्धन दिन खोजेको भए पनि सर्वत्र विरोध भएपछि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com