ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधुनिक बन्दै जाउलाखेलको सदर चिडियाखाना


bhawani desk
असार २१, २०७५ बिहीबार  ११ : ५५ बजे

ललितपुर, २१ असार । राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ ।

यहाँका भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत चिडियाखाना बदलिन लागेको चिडियाखानाले जनाएको छ ।

चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको डा चिरञ्जीवी खरेलले बताउनुभयो । ६० प्रतिशत पुराना संरचनामा पुनःनिर्माण वा मर्मत भइसकेको छ ।

राणाकालीन संरचना सुधार भएर नयाँ बन्ने क्रममा रहेको छ । राणाकालमा बनेका पुराना खोरमध्ये अहिले भालुको खोर एउटा मात्रै बाँकी छ । उहाँ भन्नुहुन्छ, “त्यो पनि हामीले पहिले यस्तो खोर थियो भन्ने यहाँ आउनेलाई देखाउनका लागि राखेका हौँ ।”

चिडियाखानामा सूचना प्रविधि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको प्रमुख खरेलले बताउनुभयो । आगन्तुकले चिडियाखाना छिर्नासाथ भित्रका बारेमा जानकारी पाउन् भन्नका लागि टिकट काउन्टर नजिकै डिस्प्ले राख्न लागिएको छ । आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी योजना अघि बढेको हो ।

उहाँ भन्नुहुन्छ, “भित्र छिर्नासाथ आगन्तुकले कुन जनावर हेर्ने त्यसका बारेमा र चिडियाखानाका बारेमा विस्तृत जानकारी पाउन सक्छन् ।” नक्साका आधारमा आगन्तुक आफूले हेर्न चाहेको जनावरको खोरमा पुग्न सक्नेछन् ।

पहिले फोहरले ढाकिएको देखिँदै आएको गोही अब सफा हुने भएको उहाँ बताउनुहुन्छ । स्वचालित उपकरणले पानीले गोही सफा गर्ने गरेर काम भइरहेको छ । यसले गर्दा एकातिर अक्सिजन बढ्ने र अर्कातिर आगन्तुकले सफा गोही हेर्न पाउने छन् । कोइराला भन्नुहुन्छ, “यसले गर्दा आगन्तुकलाई थप आकर्षित गर्ने हाम्रो विश्वास छ ।

पहिले खोरसम्म आगन्तुकले हात पु¥याउँथे । पुराना खोर जनावरका लागि सहज थिएनन् । अहिले जनावरका लागि नयाँ बनेका नयाँ खोर फराकिला छन् । उहाँ भन्नुहुन्छ, “जनावरको आवश्यकताअनुसार चिडियाखानामा सुधारको काम भइरहेको हो ।”

अहिले चिडियाखानामा खोर वरपर फुटपाथ निर्माणको टेण्डर प्रक्रिया भइसकेको छ । बाघ खोरदेखि टिकट काउण्टरसम्म ढुंगा छाप्न लागिएको हो । यस ठाउँमा पहिले इँटा छापिएको थियो । उहाँ भन्नुहुन्छ, “ढुंगाले यसलाई प्राकृतिकस्वरुप दिने हुनाले ढुंगा छाप्ने काम भइरहेको हो ।”

जनावरका लागि खाना बन्ने मुख्य भान्सा फराकिलो बनाउने काम भइरहेको सहायक क्युरेट गणेश कोइराला बताउनुहुन्छ । नयाँ भान्सा आधुनिक छ । ठूलो हुनाले खाना राख्न र पकाउन पुरानो भान्साजस्तो समस्या छैन ।

उहाँ भन्नुहुन्छ, “पहिले हामीले साँघुरोमा गाह्रो गरेर पकाउने र भाग लगाउने गर्दै आएकामा अहिले त्यो अवस्था छैन । पहिलेको भान्सामा अध्ययनका लागि आउने विद्यार्थी अटाउन मुस्किल पर्दथ्यो । भुर्इँ सफा गर्न सजिलो रहेको उहाँ बताउनुहुन्छ । मुख्य भान्साबाट खानालाई छुट्टयाएर बाँड्नका लागि सहायक भान्सा निर्माणको काम अघि बढिरहेको छ ।

यहाँ आउने आगन्तुकका लागि शौचालय बनिरहेको सहायक क्युरेट कोइराला बताउनुहुन्छ । अपांगतामैत्री खालको शौचालय आगन्तुकको सहजतालाई ध्यानमा राखेर बनाइएको छ । चिडियाखानाभित्रै दुई ठाउँमा खानेपानीको व्यवस्था हुँदैछ । उहाँ भन्नुहुन्छ, “हामीले चिडियाखानाको विकाससँगै आगन्तुकलाई पनि सकेसम्म सजिलो वातावरण दिन लागेका छौँ ।

चिडियाखानाले भित्र छिर्नासाथ आगन्तुकले सम्पूर्ण जानकारी एक ठाउँमा पाउन सकून् भन्नका लागि ‘सूचना कक्ष’ निर्माणको योजना बनाइरहेको छ । चिडियाखाना र त्यससँग सम्बन्धित विभिन्न जानकारी आगन्तुकले कक्षमा कम्प्युटर थिचेर आफैँले पाउन सक्छन् । उहाँ भन्नुहुन्छ, “यहाँ दैनिक दुई÷तीन हजार आगन्तुकलाई यो ज्ञानबद्र्धक हुन सक्नेछ ।”

चराको खोर निर्माणका लागि टेण्डर आह्वान भएको छ । अहिलेभन्दा ठूलो र फराकिलो ठाउँ बनाउन लागिएको हो । प्रमुख खरेल भन्नुहुन्छ, “टेण्डर भएपछि धमाधम काम अघि बढ्नेछ ।

पुरानो भान्सा भएका ठाउँमा आगामी वर्षदेखि नीलगाईको खोर बन्नेछ । स्याललाई एउटा कोठाबाट अर्काे कोठामा सहज होस् भन्नका लागि छिर्ने ठाउँ निर्माण भइरहेको छ । बाँदरको खोर निर्माणको काम भइरहेको छ ।

‘पुतलीको घर’ निर्माणको योजना बन्दैछ । पुतलीको घरमा आगन्तुक भित्र पस्न पाउँछन् । उहाँ भन्नुहुन्छ, “खुलारुपमा हिँडिरहेका पुतली आगन्तुकको जीउमा समेत हिँड्न सक्छन् ।” स्रोतका आधारमा योजना बढ्ने उहाँ बताउनुहुन्छ ।

विसं १९८९ मा शुरु भएको चिडियाखानाको व्यवस्थापन २२ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ । ३० वर्षका लागि संरक्षण गर्ने गरेर सम्झौता भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख आगन्तुक आइरहेका छन् । एकसय २४ प्रजातिका ८३७ वटा जनावर यहाँ रहेका छन्

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com