
नवलपरासी,१८ असार । सुचना तथा संचार क्षेत्रमा कार्य गर्दै आईरहेको, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षातर्फ नवलपरासीको नवलपुरका बिद्यर्थीलाई छात्रवृति दिने भएको छ।
सुचना प्रविधिको अध्ययन, अध्यापन गराउने कलेजहरुको सहयोगमा गरीब, जेहेन्दार विधार्थीहरुका लागि छात्रवृति प्रदान गर्ने भएको हो । क्यान नवलपुरका अध्यक्ष केशवराज भट्टराईले नवलपुरमा सुचना प्रविधि क्षेत्रको विकासका लागी छात्रवृति कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
क्यानका देशभरका शाखा मध्ये नवलपुर शाखाले, कान्छो शाखाको रुपमा बैधानिकता पाएको छ । काठमाडौंको मैतीदेविमा रहेको सुचना प्रविधि विषयमा अध्यापन गराउने कलेज, लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा देशभरबाट ४९ जना विद्यार्थीहरुलाई यस वर्ष छात्रवृति प्रदान गर्न लागिएको हो ।
ग्रामीण क्षेत्रमा समेत सुचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुर्याउनमा यस कार्यले टेवा पुग्ने विश्वास गरिएको छ । छात्रवृत्ति प्राप्त गर्ने विधार्थीहरले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलोजी एण्ड ईनोभेसनको एफिलेसनमा संचालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्र्तगत बिएससी आईटीको अध्ययन गर्न पाउने छन् ।
जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अर्थात सो सरह अध्ययन गरेको र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभिटि बाट कम्प्युटर ईञ्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृतिका लागी आवेदन दिन पाउनेछन् । छात्रछात्रवृतिका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने क्यान नवलपुर अध्यक्ष भट्टराईले बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्