काठमाडौं,१६ असार । सभामुख कृष्ण वहादुर महराले संघिय संसदलाई मर्यादित रुपमा अघि बढाउन आफु प्रतिवद्ध रहेको बताएका छन ।
६० औं संसद दिवसका अबसरमा पूर्व सांसद मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले संसद जनताको भावना अनुरुप मर्यादित रुपमा अघि बढाउन आफु प्रतिवद्ध रहेको बताएको हो ।
संसदको भूमिका भनेको जनताको आवाजहरुलाई संसदमा अभिव्यक्ति गराउनु रहेको र यसका लागी संसदमा प्रतिनिधी वा नगर्ने दलको आवाजलाई पनि संसदमा ल्याउने प्रयास गरिने उनले बताए ।
सभामुख महराले जनताको हरेक आवाजलाई राज्यसम्म पुराउनका लागी पनि संसदको भूमिकालाई बृहत पार्ने उल्लेख गरे । उनले राज्यप्रणाली अझै पनि संक्रमणकालमा रहेको भन्दै सामन्तवादका अवशेषहरुलाई क्रमश अन्त्य गर्दे अघि बढनुपर्ने धारणा पनि राखे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक देव गुरुङले परम्परागत संसदीय व्यवस्थाले एकात्मक पुजीबादलाई मात्र फाईदा भएको भन्दै मुलुकमा संसदीय व्यवस्थालाई पनि क्रमश परिवर्तनगर्देअघि बढ्नुपर्ने बताएका छन ।
त्यस्तै काग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संबिधान कार्यान्वयनको दिशामा अघि बढि रहेको अबस्थामा अहिले नै मुलुकको कार्यकारीको व्यवस्थाका लागी संबिधानलाई चलाउन नहुने धारणा राखेका थिए ।
कार्यक्रममा पूर्व सांसद मञ्चका पदाधिकारीले संसदीय व्यवस्थालाई अझ मजवुद बनाउदै अघि बढाउनुपर्ने सुझाव दिएका थिए । त्यस्तै उनीहरुले पूर्व सांसदहरुलाई भूमिकाविहीन नबनाउन पनि आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्