ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

ग्रामीण भेगमा अवैध औषधि पसलले सर्वसाधारण ठग्दै


bhawani desk
असार १६, २०७५ शनिबार  १ : २३ बजे

उदयपुर, १६ असार । उदयपुर जिल्लाको ग्रामीण भेगमा अवैधरुपमा सञ्चालन हुँदै आएका केही औषधि पसल तथा क्लिनिकले अहिले उपचारको नाममा सम्बन्धित क्षेत्रका सोझासाझा स्थानीय सर्वसाधारण जनता ठग्ने कार्य गर्न थालेका छन् ।

जिल्लाको रौतामाई गाउँपालिकाको मुर्कुची बजार, सल्ले, फोक्सिङटार, भुटार, रसुवा, उदयपुरगढी गाउँपालिकाको पञ्चावती तथा नेपालटार बजार र कटारी नगरपालिकाको घुर्मी क्षेत्रमा अहिले कृतिम औषधि पसल सञ्चालक तथा क्लिनिक सञ्चालकले लुट मच्चाइरहेको आम स्थानीयवासी बताउन थालेका छन् ।

रसुवाघाट बजार क्षेत्रमा अहिले लाइसेन्स नभएकाले पनि औषधि बिक्री गर्ने गरेको र एउटा औषधिको मूल्य दोब्बर महँगोमा बिक्री गर्ने गरेको रसुवाघाटका सुजन मगरले बताएका छन ।

रौतामाई गाउँपालिकाकै चिसापानी बजार क्षेत्रमा अवैध औषधि पसल सञ्चालकले ज्वरो तथा पखालाको म्याद गुज्रेको औषधि स्थानीयवासी सर्वसाधारणलाई बिक्री गर्ने गरेको सल्ले आहालेका कृष्ण पाठकले बताए ।

पाठक भन्छन,आफ्नो नानीहरुलाई पटकपटक पखालाले सताएपछि सल्लेको स्थानीय पसलमा पखालाको औषधि किनेर नानीहरुलाई खुवाएपछि झनै साह्रो भएर सदरमुकाम गाईघाटमा लगेर उक्त औषधि देखाउँदा एक वर्षअघिनै उक्त पखालाको औषधिको म्याद गुज्रेको पुष्टि भयो ।”

तर गाउँका औषधि पसल सञ्चालकलाई सो कुरा सुनाउँदा उल्टै हप्काउने गरेको र आफूले त्यस्तो औषधि नै बिक्री नगरेको भनेर उल्टै हप्काएको पाठक बताउँछन् ।

यता पहाडी क्षेत्रको मुर्कुची, पञ्चावती र घुर्मी क्षेत्रमा समेत औषधि पसल सञ्चालकको कसैको पनि लाइसेन्स नभएको र अवैधरुपमा क्लिनिक तथा औषधि पसल सञ्चालन गर्दै आएको घुर्मीका स्थानीय भुपेन्द्र श्रेष्ठको भनाइ छ ।

श्रेष्ठका अनुसार यस्ता औषधि पसलले गाउँले र सोझासाझा जनतालाई औषधिको निर्धारण गरिएका मूल्यभन्दा दोब्बर बढी मूल्यमा औषधि बिक्री गरेर खुलेआम जनता ठग्ने गरेको श्रेष्ठले बताएका छन ।

जिल्ला प्रशासन कार्यालय जिल्ला अस्पतालसहितको टोली अन्यत्र मुख्य बजार र शहरमा अनुगमन गर्न जाने गरेता पनि यी क्षेत्रमा उनीहरुको उपस्थिति हुन नसक्दा अवैध औषधि पसल र क्लिनिक सञ्चालकको सोझासाझा जनता ठग्ने कार्य दिनानदिन बढ्दै गएको पञ्चावतीका डम्बर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

बाँके–२ मा एमालेका इस्तियाक राई विजयी

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com