ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

सडक सुधारको माग गर्र्दै स्थानीयवासीद्वारा उजुरी


bhawani desk
असार १६, २०७५ शनिबार  १ : १२ बजे

धनकुटा, १६ असार।  आवतजावतमा समस्या उत्पन्न भएपछि सडक सुधारको माग गर्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धनकुटामा उजुरी गरेका छन् ।

मध्यपहाडी लोकमार्ग पूर्वीखण्ड सुधारको माग गर्दै धनकुटाको हिलेदेखि पाख्रिबाससम्मका ४९८ स्थानीयवासीले बिहीबार संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयसँगै सडक डिभिजन कार्यालय धनकुटा, पाख्रिबास नगरपालिका र जिल्ला समन्वय समिति एवं सडक निर्माण डिकुरे साइडको कार्यालयमासमेत उजुरी दिएको जनाएको छ ।

सडक निर्माणको कार्य छिटोभन्दा छिटो सुचारु नभए र गाडी आवतजावत गर्न बाधा पुगेको खण्डमा वाध्य भएर आन्दोलन गर्नुपर्ने उजुरी पत्रमा उल्लेख छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत हिलेदेखि पाख्रिबाससम्म पाँच किलोमिटर सडकखण्ड हिलाम्ये हुँदा सवारीसाधन सञ्चालनमा समस्या उत्पन्न भएको छ । निरन्तरको वर्षाका कारण सडक हिलाम्ये बनाउँदा सुनसरीको धरान हुँदै धनकुटाका ग्रामीण क्षेत्रसहित भोजपुर, संखुवासभातर्फ जाने सवारीसाधन र पैदल यात्रुलाईसमेत आवतजावतमा समस्या हुन थालेपछि त्यसको समाधानका लागि उजुरी दिनुपरेको स्थानीय कृष्णबहादुर कटुवालले बताएका छन ।

उनले भने, पाँच किलोमिटर दूरी पार गर्न १५ मिनेट लाग्ने सडकमा हिलाम्ये भएका कारण सवारीसाधनलाई अहिले दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।

सो सडकखण्डको हिलेन्यूरोड छेउदेखि मुगा खोलासम्म र पाख्रिबास फारम गेटदेखि सिंहदेवी मन्दिरसम्मको सडक क्षेत्र हिलाम्ये भएपछि यातायात र पैदलयात्री सबैलाई सास्ती व्योहोर्नु परिरहेको छ ।

हिलेदेखि पञ्चेसम्म करीब १३ किलोमिटर सडक निर्माण गर्ने ठेक्का कञ्चनजंगा मोदीदान रायमाझी जेवीले लिई आव २०७१÷०७२ देखि निर्माण कार्य शुरु गरेको थियो ।

निर्माणकार्य ढिलो गतिमा भएका कारण दैनिकरुपमा भोजपुर संखुवासभा आवतजावत गर्ने लामोदूरीका सवारी सञ्चालनमा कठिनाइ भएको स्थानीय योगेन्द्र लिम्बूले बताए ।
पानी पर्ने बित्तिकै सडक हिलाम्ये हुने गर्छ । भोजपुर र संखुवासभा आवतजावत गर्ने दैनिक सयाँै गाडी यस सडकखण्डबाट हिँड्ने गर्छ । एउटा गाडी फस्ने बित्तिकै यो सडकखण्डमा सवारीसाधनको लामो लाइन लाग्ने गरेको स्थानीय ज्ञानबहादुर गुरुङले बताएका छन ।

करीब रु ३० करोडको लागतमा निर्माणाधीन उक्त सडक आगामी चैत मसान्तसम्ममा सम्पन्न हुने सम्झौता छ । अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको मध्यपहाडी लोकमार्ग पूर्वी खण्ड डिकुरे क्षेत्रका सवइञ्जिनियर विवश अधिकारीले बताएका छन ।

निर्माण कम्पनीलाई कामको गति बढाउन पटकपटक ताकेता भए पनि वर्षात् लागिसकेको हुनाले अब नौ महिनामा आयोजना सम्पन्न हुन निकै कठिनाइ हुने अधिकारीको भनाइ छ ।

नेपाली सेनाले २०५२ सालमा हिले–पाख्रिबास–लेगुवाको राम बजारसम्म सडक ट्रयाक खोलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

बाँके–२ मा एमालेका इस्तियाक राई विजयी

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com