ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारी वर्षा हुने मौसम पूर्वानुमान ,चुरे र मध्यपहाडका बासिन्दालाई सतर्क रहन आग्रह


bhawani desk
असार १६, २०७५ शनिबार   १० : ४७   बजे


काठमाडौं,१६ असार । मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा रहेकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । आगामी तीन दिन पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

सूचनामा लेखिएअनुसार वागमती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान छ ।

‘देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा हल्कादेखि मध्यम र एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा लेखिएको छ, ‘मध्य र आसपासका केही स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।त्यसैले जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले पनि शनिबार बिहान ६ बजे अर्को सूचना जारी गरेर सतर्क रहन र प्रतिकार्यको लागि तयारी अवस्थामा रहन भनेको छ ।

आइतबार दिउँसोदेखि चुरे र महाभारतबाट बहने प्राय नदीहरुको बहाव खतराभन्दा माथि जाने अनुमान छ । त्यसैले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा बस्नेहरुले सोमबारसम्म सतर्कता अपनाउनुपर्ने सूचनामा उल्लेख छ ।

कन्काई, कोसी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा पनि बहाब बढ्दो क्रममा छ । तर यी नदीहरुमा शनिबार नै खतराको तह पार गर्ने सम्भावना भने कम रहेको सूचनामा उल्लेख छ ।

त्यसैले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा बस्नेहरुले सोमबारसम्म सतर्कता अपनाउनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group