चितवन , १४ असार । नेपाल सरकारले उपहारको रुपमा चिनलाई दिने गैडाँको अवस्था बुझ्न चिनको एक टोली चितवन आएको छ । चिनको साइटिस म्यानेजमेन्ट अथोरेटीको टोली विहिबार चितवन आएका हुन् ।
उनीहरुले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषभित्र रहेको पिट बुमामा राखिएको २ जोडी गैँडाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै गैडाँको बासस्थान हेर्ने निकुञ्जको समेत अवलोकन गरेका छन् ।
बुमामा राखिएका गैँडालाई कसरी प्रभावकारी ढङ्गबाट लैजान सकिन्छ भन्ने बारेमा छलफल समेत भएको थियो । चिनबाट आएका ८ जनाको टोलीले गैडाँको अवस्थाबारे जानकारी लिएको र अगामी २८ गतेभित्र १ जोडी गैँडा चिन लैजाने तयारी भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।
नेपाल सरकारले चीनलाई दुई जोडी गैँडा उपहार दिने निर्णय भए अनुसार यस अर्थिक बर्षमा १ जोडी गैडा र अर्को अर्थिक बर्षमा अर्को जोडी गैडाँ चिन पठाउने तयारी भएको हो ।
एक आर्थिक बर्षमा १ जोडी गैडा मात्रै उपहार दिन मिल्ने प्रावधान रहेकाले २ पटक गरेर २ जोडी गैडा पठाउने तयारी भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका निमित्त प्रमुख रामकुमार अर्यालले बताए ।
गैडाँ लैजानको लागि खोर समेत तयार भइसकेको तर चिनियाँ टोलीले सिनजिङ्ग गरेको काठ प्रयोग गरेर खोर बनाउन आग्रह गरेसँगै सिजनिङ्ग गरेको काठ प्रयोग गरेर पुनः खोर तयार गरिने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्