ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

मानो रोपेर मुरी फलाउने किसानको इच्छा अधुरै


bhawani desk
असार १४, २०७५ बिहीबार  ४ : ४६ बजे

वीरगन्ज, १४ असार । भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा पर्सा, बारा र रौतहटका किसानले सिँचाइ अभावमा हालसम्म धानको बेर्ना राख्न पाएका छैनन् ।

बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने किसानको इच्छा यसपालि अधुरै रहने भएको छ । गण्डक नहरमा पानी नछाड्दा धानको बेर्ना लगाउन सकिएको छैन,” पश्चिमी पर्सा जगरनाथपुरका हरि देवले भन्नुभयो, “आकाशे पानीको भरमा लगाइएको बेर्ना सुक्न थालेको छ ।

गत वर्ष साउन अन्तिम साता आएको बाढीले भारतीय क्षेत्रमा गण्डक नहर क्षतिग्रस्त बनाएपछि हालसम्म सो संरचना निर्माण नगरेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुवरीका डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले बताउनुभयो ।

पर्सामा ४६ हजार हेक्टर, बारामा ६० हजार ४३० तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा किसानले धान खेती गर्दै आएका छन् । सिँचाइ अभावमा यस वर्ष पर्सा, बारा र रौतहटमा किसानले हालसम्म करीब ५० प्रतिशत मात्र धानको बीउ राख्न पाएका जिल्ला कृषि विकास कार्यालयका प्रमुख वीरेन्द्रकुमार सिंहले बताउनुभयो ।

गण्डक नहरमा समयमा पानी नछाड्दा यस वर्ष धान खेती प्रभावित हुने अवस्था छ,” उहाँले भन्नुभयो ।

गण्डक नहरबाट पर्सा, बारा र रौतहटको ३७ हजार हेक्टर क्षेत्रफललाई सिँचाइ पुग्ने पानी छोडिन्छ । गत वर्ष साउनमा आएको बाढीले भारतीय भूभागमा रहेको नहरको ठाउँठाउँमा क्षति पु¥याए पनि हालसम्म मर्मतसम्भार हुन सकेको छैन ।

गत वर्ष पानीको अभावमा पर्सा, बारा र रौतहटको ७६ हजार ५०० हेक्टरमा लगाइएको गहुँबाली प्रभावित भएको थियो । गण्डक नहरको पानी पश्चिमी पर्साको जानकी टोलबाट शुरु भई पर्सा, बारा हुंदै रौतहटको बागमती नदीमा गएर मिसिन्छ । नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नदीमा ८५० क्युसेक पानी छोड्नुपर्ने हुन्छ ।

अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहटमा सिँचाइ अभावमा पर्याप्त मात्रामा अन्न उत्पादन हुन नसक्दा भारत माथिको परनिर्भता बढ्दै गएको छ । चालु आवको असार १३ गते सम्मको तथ्यांक हेर्दा भारतबाट रु तीन अर्ब ४७ करोड मूल्य बराबरको एक लाख २६ हजार ४३६ टन धान नेपाल आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताउनुभयो ।

उर्वराभूमि, पर्याप्त जनशतिm र सिँचाइको ठूलो स्रोत हुंदाहुंदै सिँचाइ अभावमा समयमै धान रोपाइँ हुन नसक्दा कृषिमा परनिर्भता बढदै गएको छ । सरकारले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि समयमा वर्षा नहुँदा तथा गण्डक नहरमा समयमा भारतीय पक्षले पानी नछाड्दा किसानलाई मानो रोपेर मुडी फलाउने काम सपना जस्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा: रास्वपाको लहर, पुराना दल सीमित सिटमा

१६० निर्वाचन क्षेत्रमा मतगणना जारी: रास्वपा १६ सिटमा विजयी, १०२ क्षेत्रमा अग्रता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा: रास्वपाको लहर, पुराना दल सीमित सिटमा

१६० निर्वाचन क्षेत्रमा मतगणना जारी: रास्वपा १६ सिटमा विजयी, १०२ क्षेत्रमा अग्रता

रास्वपा : यी हुन् हालसम्म विजयी भएका १६ उम्मेदवार

२०६४ देखि निरन्तर संसदमा प्रचण्ड, २०८२ मा विजय घोषित हुने पहिलो पार्टी प्रमुख

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com