ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेनी–भकुण्डे सडकमा ट्रयाक खुलेको आठवर्षपछि पनि उस्तै


bhawani desk

 म्याग्दी, १४ असार । बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्रयाक खुलेको आठवर्ष बितिसक्दा पनि यातायातका साधन चल्ने बन्न सकेको छैन ।

२०६७ सालमा ट्रयाक खुलेको, साढे सात किमी दूरीको बेनी–भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म रु ७५ लाख खर्च गरिएको भए पनि न त्यो सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छन् न सडक मर्मत कार्यप्रति स्थानीय र जनप्रतिनिधि नै सन्तुष्ट हुन सकेका छन् । सडक मर्मतका नाममा खर्च भएको लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको स्थानीयको गुनासो रहेको छ ।

पटकपटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

“नगरपालिकाको गेटदेखि वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दिगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्, खाली बजेट सक्ने काममात्र भयो, बाटोको स्थायित्व भएन” साविकको ज्यामरुककोट गाविस–८ का भूपू वडाध्यक्षसमेत रहेका कृष्णबहादुर सुवेदीले बताउनुभयो ।

सुवेदीका अनुसार बेनीदेखि भकुण्डेसम्म जानका लागि सल्लेनधारासम्म चारवटा सडक बनाइएको भए पनि कुनै पनि कामलाग्ने अवस्थामा छैनन् । “बेनी–ठूलोगैरा–रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँदासमेत बाटो बिग्रने गरेको छ”, सुवेदीले भन्नुभयो ।

२०६७ सालयता बेनी भकुण्डे सडकमा करीब रु ७५ लाखको हाराहारीमा बजेट खर्च भइसकेको छ । बजेट त सकियो तर सडकको अवस्था भने ज्यूँको त्यूँ रहनुले स्थानीयबासी सरोकारवालासँग यो सडकको अवस्था कहिले सुध्रन्छ भनेर प्रश्न गरिरहेका छन् ।

चालू आर्थिक वर्षमा बेनी–वौर–ठूलोगैरा–खबरा (विरायचौर)–भकुण्डे सडक उपभोक्ता समिति, बाङ्गघरा–पिपलडाँडा–भीरकुना–भकुण्डे सडक उपभोक्ता समिति र ठूलोगैरा–खबरा–भकुण्डे सडक उपभोक्ता समितिको गरी कूल र २६ लाख ५० हजार खर्च गरी मर्मत गरिएको बेनी–खबरा–भकुण्डे सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

सामान्य पानी पर्दा पनि सडक पानीले बगाउने गरेको छ । “कुखुरालाई चारो हाले जस्तो गरी वर्षैपिच्छे थोरैथोरै मात्र बजेट आउने र सो बजेटले सडक मर्मतको थोरै पनि काम नहुने समस्याले गर्दा पनि सडक सवारी चल्न लायक बन्न सकेको छैन”, बेनपा–२ भकुण्डेका समाजसेवी भीमबहादुर पौडेलले बताउनुभयो ।

बेनीदेखि भकुण्डे वडा कार्यालयसम्म जोड्ने मोटरबाटोसँगै अन्य दुईवटा मोटरबाटोको अवस्था पनि फरक नभएको पाइएको छ । बेनी–ठूलोगैरा–विरायचौर–भकुण्डे, बाङ्गेघरा–पिपलडाँडा–भिरकुना–भकुण्डे र ठूलोगैरा–खबरा मोटरबाटो उपभोक्ता समितिमार्फत बेनी–खबरा–भकुण्डे मोटरबाटो मर्मतको काम हुने गरेको छ । तीनवटा सडकका लागि छुट्टाछुट्टै तीनवटा समिति पनि गठन भएका छन् । तर तीनवटै समितिका अध्यक्ष भने शिवजी सापकोटा नै हुनुहुन्छ ।

नगर कार्यपालिकादेखि वडा कार्यपालिका जोड्ने यो मोटरबाटोको अवस्था अत्यन्त दयनीय रहेको र यसमा जनप्रतिनिधि तथा सरोकारवालाको चरम लापर्बाही देखिएको सडक अवलोकनका लागि पुग्नुभएका पत्रकार राकेश शर्माले बताउनुभयो ।

तीनवटै उपभोक्ता समितिका अध्यक्ष सापकोटाले सडक मर्मतको काम राम्रोसँग भएको, आर्थिक हिनामिना नभएको बताउँदै पानी परेर सडक बगाएकाले यातायातका साधन सञ्चालन हुन नसकेको प्रतिक्रिया दिनुभयो । अध्यक्ष सापकोटाले भन्नुभयो “बेनी–भकुण्डे सडकमा चल्ने सवारीसाधन नै भएनन्, भकुण्डेबाट जिप बेनी आउनै मान्दैनन्, बेनीबाट पनि भकुण्डे जाँदैनन् ।

उपभोक्ता समितिका अध्यक्षको यो भनाइले पनि सडकको अवस्था कस्तो छ त भन्ने बुझाउँछ । साथै, सडक केका लागि भन्ने पेचिलो प्रश्न पनि उब्जन्छ । त्यति धेरै खर्च गरेर बनाइएको सडकमा यातायातका साधन चल्न नमान्नुको कारण खोतल्दै जाने हो भने अन्ततः सडकको दयनीय अवस्था र जोखिम नै मुख्य कारण देखिन्छ ।

सर्वसाधारण जनता मात्रै होइन बेनी–भकुण्डे सडकको अवस्था र उपभोक्ता समितिको कार्यप्रति जनप्रतिनिधिसमेत सन्तुष्ट छैनन् । “खबरादेखि माथिको खण्डको सडकको अवस्था राम्रो छ र काम पनि चित्तबुझ्दो गरी भएको छ, बेनपा–२ का वडाध्यक्ष हीराबहादुर थापाले भन्नुभयो “तर खबराको खण्डमा भएको कामप्रति म पनि सन्तुष्ट छैन ।”

त्यसैगरी, बेनी नगरपालिकाभित्रका सबै वडाका योजना अनुगमनको जिम्मेवारी पाउनुभएकी बेनी नगरपालिकाका उपप्रमुख एवं योजना अनुगमन संयोजक सञ्जु बरुवालले बेनी–भकुण्डे सडकको अवस्था र काम गराई मलाई पनि चित्त बुझेको छैन, राम्रोसँग अनुगमन गर्नुपर्ने देखिएको छ भन्नुभयो ।

विभिन्न चरणमा गरी करीब रु ७५ लाख खर्च भइसकेको सो सडकको अवस्था अत्यन्त दयनीय रहनु, सरोकारवालाबाट नै सडक पानीले बगायो भनेर गैरजिम्मेवार जवाफ दिइनु र यातायात सञ्चालन हुन नसक्नुले सो सडक निर्माण र मर्मतमा बदमासी भएको छ भन्ने कुरालाई नै पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com