ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आदिवासी कोच महिलाका समस्या सम्बोधन गर्ने प्रतिबद्धता


bhawani desk
असार १३, २०७५ बुधबार   १ : ०९   बजे

 

बिर्तामोड, १३ असार । स्थानीय सरकारमार्फत बजेट तथा नीति निर्माण गरी आदिवासी कोच महिलाका समस्यालाई सम्बोधन गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

आज बुधबार संवाद समूहको सचिवालय बिर्तामोडमा भएको ‘आदिवासी महिलाको सशक्तिकरण र स्थानीय तहको भूमिका विषयक छलफलमा सहभागी सरोकारवालाले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा सहभागी कोचिला महिला फ्रण्ट तथा अन्य आदिवासी महिलाहरुले आफ्ना समस्या र हकअधिकारका बारेमा खुलेर कुरा राखेका थिए ।
उनीहरुले स्थानीय सरकारले बजेट, नीति, कानून निर्माण गर्दा आफ्ना समस्या सम्बोधन गर्नुपर्ने आवाज उठाएका थिए ।

कार्यक्रममा सहभागी झापाका विभिन्न स्थानीय तहका उपप्रमुखहरुले महिला त्यसमा पनि आदिवासी कोच महिलाहरुका विषयलाई प्राथमिकता दिएर अघि बढ्ने बताए ।
उनीहरुले सो अवसरमा तीन बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

महिला तथा आदिवासी महिलाको अधिकार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा नेतृत्व विकास, न्याय र सूचनामा पहुँच वृद्धिका लागि स्थानीय सरकारले आवश्यक नीति –नियम बनाउन पहल गर्ने उनीहरुको प्रतिबद्धता छ ।

त्यस्तै सामाजिक, आर्थिकरुपले पछाडि परेका महिलाको सशक्तिकरणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने र महिलाको समग्र विकास तथा लोकतन्त्रको उपभोग गराउने वातावरण मिलाउन सबै सरोकारवालाहरुबीच सहकार्य र समन्वय अघि बढाउने समेत उनीहरुको प्रतिबद्धता छ ।

बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, कनकाई नगरकी उपप्रमुख मञ्जु प्रसाईं, अर्जुनधारा नगरकी उपप्रमुख कमला आचार्य, बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना राजवंशी र कचनकचवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले महिला तथा आदिवासी कोच महिलाका समस्या सम्बोधन गर्न लक्षित समूहको कार्यक्रम मार्फत विशेष व्यवस्था गर्ने बताए ।

उनीहरुले महिलाका लागि अहिले भइरहेको बजेट तथा नीतिमा विशेष प्राथमिकताका साथ हेर्ने समेत जनाए । कार्यक्रममा कोचिला महिला फ्रण्ट तथा आदिवासी महिला नेतृहरु सनम राजवंशी, नौताली राजवंशी, सुष्मा राजवंशी, बबिता राजवंशी, द्रौपदी गणेश, निता राजवंशी, किरण राजवंशी, शर्मिला राजवंशी, पार्वती राजवंशी लगायतले महिला तथा आदिवासी महिलाका विभिन्न समस्याहरुबारे अवगत गराएका थिए ।

त्यस्तै कोचिला गाभुर फ्रण्टका अध्यक्ष अभय राजवंशीले समेत आदिवासी कोच महिलाहरु अन्य महिलाको तुलनामा पछि परेको हुँदा स्थानीय सरकारले विशेष चासो र प्राथमिकता दिनुपर्ने बताए । छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

आदिवासी कोच महिलाले भाषा, जनचेतना, शिक्षा, स्वास्थ्य, नेतृत्व विकासका विषयलाई विशेष सम्बोधन गर्न आग्रह गरेका थिए । उनीहरुले गौरीगञ्जमा स्थानीय सरकार प्रमुख र उपप्रमुख दुबैजना पुरुष भएकाले महिलाका समस्या ओझेल परेको गुनासो समेत गरे ।

उनीहरुले आदिवासी महिलालाई खुला समाजमा आउने वातावरणका लागि घरदैलो जनचेतना, आर्थिक आयआर्जन र सशक्तिकरणका लागि विशेष कार्यक्रम ल्याउन माग गरे । आदिवासी कोच महिलाका समस्या सुनिसकेपछि स्थानीय सरकारको प्रतिनिधित्व गर्दैै उपप्रमुखहरुले सरोकारवालासँग समन्वय गरी त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group