ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरमा राखिएका कमलरी बालिकाको उद्धार गर्न माग


एबीसी न्यूज

कञ्चनपुर, ३१ जेठ। कञ्चनपुरका मुक्त कमलरीहरुले अवैधरुपमा काममा लगाइएका कमलरीको उद्धार गर्न माग गरेका छन् ।

मुक्त कमलरी विकास मञ्चमा आबद्ध मुक्त कमलरीले अवैधरुपमा घरेलु कामदारका रुपमा राखिएका कमलरी बालिकाहरुको उद्धार गर्न माग गरेका हुन् ।

“सरकारले कमलरी प्रथाको अन्त्यको घोषणा गरेपनि केही मालिकहरुले अवैधरुपमा घरमा राखेका छन् ” मञ्चका उत्प्रेरक अञ्जु चौधरीले भन्नुभयो, “सरकारले घरमा कमलरी राख्न नपाउने गरी कानूनी व्यवस्था गरेको छ तर पनि अझै कमलरी बालिका मालिकको घरबाट मुक्त हुन सकेका छैनन् ।”

मञ्चका अनुसार कञ्चनपुरमा हाल छजना मुक्त कमलरीले मालिकका घरमा काम गर्दै आएका छन् । मञ्चले उनीहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न माग गरेको हो । गैर कानूनीरुपमा राखिएका मुक्त कमलरीलाई उद्धार गर्न प्रशासन कार्यालयमा समेत दबाब दिइएकामा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले छिटो उद्धार गर्ने आश्वासन दिएको मुक्त कमलरी विकास मञ्चका उत्प्रेरक चौधरीले बताउनुभयो ।

मञ्चका अनुसार बेलौरी नगरपालिकामा ४ र बेदकोट नगरपालिकाको लालपुरबाट एकजना कमलरी उद्धारको सूचीमा छन् । केही दिनअघि मञ्चले भीमदत्त नगरपालिका वडा नं २ महोलियाबाट एक कमलरीको उद्धार गरेको थियो ।
उक्त मञ्चले सबै मुक्त कमलरीलाई छिटो परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गर्दै भूमि सुधार कार्यालयमा ज्ञापनपत्र पनि दिएको छ । मञ्चले ९०० कमलरीलाई परिचयपत्र दिन माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com