ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीको रुममा चरेशसहित एक पक्राउ


एबीसी न्यूज
जेष्ठ ३१, २०७५ बिहीबार  ११ : २६ बजे

 म्याग्दी, ३१ जेठ  । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुममा चरेशसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका–२ रुमका ३९ वर्षीय नोकबहादुर रोकाको घर खानतलासी गर्दा घरको उत्तरतर्फ पालिको कुनामा लुकाइराखेको अवस्थामा ९२० ग्राम कालो रङको चरेश फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्लाष्टिकमा टेपले बेरी बजारमा लैजाने तयारीमा राखिएको चरेशसँगै रोकालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बेनीमा बुझाइएको छ । लागूऔषध मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रुम आसपासमा लुकिछिपी लागूऔषध तथा पदार्थको ओसारपोसार हुने गरेको प्रहरीले सूचना पाएपछि निगरानी बढाएको छ ।

केही वर्ष अगाडिसमेत रुमबाट बुटवलतर्फ लैजाने तयारीमा दरबाङबाट २३ केजी ५० ग्राम चरेशसहित पक्राउ परेका तीन महिलालाई प्रहरीले पक्राउ गरेको थियो । गाउँका तीनजना महिलालाई प्रहरीले पक्राउ गरेपछि जिल्लाका ग्रामीण क्षेत्रबाट चरेश बिक्री हुने तथ्य सार्वजनिक भएको थियो ।

म्याग्दीमा ठूलो परिणाममा चरेश र त्यसको ओसारपसारमा संलग्न महिला पक्राउ परेपछि प्रहरीले निगरानी बढाएको थियो । जिल्लामा लागूऔषध जिल्ला बाहिरबाट भित्रिने भएपनि ग्रामीण क्षेत्रमा गाँजा खेती गरी चरेश बनाउने गरेको प्रहरीको अनुमान छ । रुम आसपासबाट म्याग्दीका साथै छिमेकी बागलुङतर्फसमेत पठाइने गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com