यहाँकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसको गेट परिसर बगरमा अहिले तनावको अवस्था छ । साढे ६ बजेतिरबाट प्रहरी र विद्यार्थीबीच झडप भएको छ । अहिले ढुंगामुढा चलिरहेको छ ।
नेविसंघकी विद्यार्थी नेतृ नमुना नेपाली र समिप केसीले बोकेको मसाल प्रहरीले नियन्त्रणमा लिन खोजेपछि झडप सुरु भएको थियो । राँके जुलुस निकाल्न नदिने आदेश भन्दै प्रहरीले राँका खोस्न थालेपछि झडप भएको हो ।।
नेविसंघ विद्यार्थीहरुले मसाल बोकेर पिएन क्याम्पस गेट अगाडि सरकार विरुद्ध नारा लगाएका थिए । मूल्यवृद्धि फिर्ता गर्, ओली सरकार मुर्दाबाद नारा घन्काएका थिए ।
प्रहरीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरिसकेको घटनास्थल रहेका पत्रकार विजय नेपालीले जानकारी दिएका छन् । झडपमा प्रहरी र विद्यार्थी दर्जभन्दा बढी घाईते छन् । अहिलेसम्म दुई प्रहरी घाईते भएका छन् । एउटाको नाकमा चोट लागेको छ भने अर्का सामान्य छन् ।
प्रहरीको उपस्थिति बाक्लो बनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्