काठमाडौँ, २९ जेठ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले कायम मुकायम रहेका दीपकराज जोशीलाई प्रधानन्यायाधीश नियुक्तका लागि सिफारीस गरेको छ।कानुन मन्त्री शेरबहादुर तामाङले परिषद्को बैठकले जोशीको नाम सिफारीस गरेको बताए। उनले अब गठन हुने संसदिय समितीले अनुमोदन गरेमा जोशी प्रधानन्यायाधीश नियुक्त हुने बताए।
‘परिषद्बाट जोशी जीको नाम सिफारीस भएको छ, संसदिय समितीले अनुमोदन गरेपछि नियुक्ती प्रक्रिया सुरु हुनेछ,’ मन्त्री तामाङले भने। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका बिषयमा भने अर्को बैठकमा छलफल हुने बताए।
गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम न्यायाधीशको रुपमा जोशी कायम मुकाम प्रधानन्यायाधीशमा चयन भएका थिए ।
तर लामो समयसम्म सर्वोच्च अदालत नेतृत्वविहीन भए पनि संसदको कार्यसञ्चालन नियमावली नबन्दा संसदीय सुनुवाइ हुन नसक्ने हुनाले प्रधानन्यायाधीश चयन हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्