प्युठान, २९ जेष्ठ । नाै बहिनि गाउपालिका ८ प्युठान बाेर्डिङ स्कुलमा अागजनि हुदा शैक्षिक सामाग्रि सहित अफिसियल सामाग्री जलेर नष्ट भएको छ ।
नेशनल एकेडेमी इङलिस बाेर्डिङ स्कुलमा अागजनी भएको हाे । केहि दिन अगाडि नेत्र बिक्रम चन्न नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले चर्काे शुल्क असुली गरेकाे भन्दैे तालाबन्दी गरेकाे थियाे ।
उसैले अागजनी गरेकाे स्थानीय बताउछन् । “बेला बेलामा धम्की दिइरहनु भयाे हामी बैधानिक हुदा हुदै पनि ब्यक्तिगत रिसले अागाे लगाउनु भएको छ ।” भण्डारीले भने । नेपाल प्रहरीले ताला ताेडेर पठाउन सुरू गरेकाे बाेर्डिङमा गए राति अागजनि गराएको वाेर्डिङ सञ्चालक श्रीराम भण्डारीले जानकारि दिए ।
अागजनिबाट २लाख ५० हजार भन्दा बढीकाे क्षति भएको अनुमान छ । सिलिन्डर, डेस्क, टेवल, भाडाकुडा, दराज, शैक्षिक सामाग्री जलेर नष्ट भएका छन् । राती देखि लगाइएको अागाे मंगलबार विहान मात्रै निभाइएकाे हाे । कक्षा २ सम्म पढाइ हुने बाेर्डिङमा ६९ जना बिद्यार्थीले अध्ययन गर्दछन ।
प्रतिक्रिया दिनुहोस्