काठमाडौं , २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिखर वार्तामा उत्तर कोरियाली नेता किम जोङ उनलाई आफ्नो लिमोजिन गाडी देखाएका थिए ।
दुई नेताबीच सिंगापुरको सान्तोषा आइल्याण्डमा ऐतिहासिक भेटवार्ता भएको थियो । पहिलो चरणको वार्तापछि दुई नेता लञ्च लागि गए अञ्चपछि ट्रम्प र किम अर्को वार्ताको लागि जाँदै थिए । एक्कासी ट्रम्प पूर्व योजना बिना नै ठूलो आर्म्ड गाडीको अगाडि रोकिए र उत्तर कोरियाली नेतालाई आफ्नो गाडी देखाउन लगे ।
ट्रम्पले गाडीतर्फ संकेत गरेपछि एक सेक्रेट सर्भिस एजेन्टले गाडीको ढोका खोलिदिएका थिए । गाडीको भित्र हेरेपछि उत्तर कोरियाली नेता किम जोङ उन मुसुक्क मुस्कुराए ।
काडिल्लाक कम्पनीले विशेषरुपमा डिजाइन गरेको यो गाडी सैन्य आक्रमणबाट मात्र होइन, रासायनिक आक्रमणबाट असर गर्दैन र राष्ट्रपति सुरक्षित रहन सक्छन् ।
अमेरिकी राष्ट्रपति विदेश भ्रमण गर्दा पनि द बिस्ट नाम दिइएको यो गाडी उनको जहाजमै बोकेर लगिने गरिन्छ ।
किम भने २० लाख डलर मुल्य पर्ने आमोर्ड मर्सिडिज बेन्ज गाडी चढ्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्