काठमाडौँ — २०७३ पुसको साढे ३३ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले एसएसपी श्याम खत्रीलाई ‘कसुरमा संलग्न रहेको नदेखिएको’ भन्दै सामान्य तारेखमा छाड्ने आदेश दिएको पाइएको छ । उच्च अदालतले खत्रीसहित पुर्पक्ष थुनामा परेका श्यामकृष्ण श्रेष्ठलाई दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
त्यतिबेला एसएसपी खत्री डीआईजी बढुवाको मुखमा थिए । न्यायाधीशहरू भीमकुमार ओझा र बलभद्र बाँस्तोलाको इजलासले २०७४ साउन १२ गते जारी गरेको आदेशका कारण उनलाई बढुवामा साथ पुग्थ्यो । नियमित काममा फर्कन फौजदारी आरोपमा परेको व्यक्ति सामान्य तारेखमा रिहा हुनुपर्छ । उच्च अदालतले सुनकाण्डका मुख्य आरोपित खत्रीलाई सामान्य तारेखमा छाड्ने आदेश दिनुका पछाडि मुख्य तीनवटा कारण उल्लेख गरेको छ ।
आदेशमा भनिएको छ, ‘प्रतिवादीमध्येका श्यामबहादुर खत्रीले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष कसुरमा इन्कार रहेको, सहप्रतिवादी श्रीनारायण यादवसमेतले यी प्रतिवादी (खत्री) लाई पोल गरी अदालतमा बयान गर्न नसकेको र अन्य प्रतिवादीसँग समेत यी प्रतिवादीको चिनजान रहेभएको मिसिल संलग्न कागजातबाट देखिन नआएको । श्यामबहादुर खत्रीलाई साधारण तारिखमा राखी मुद्दाको पुर्पक्ष गराउनुहोला ।’ आजको कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएको छ ।




















प्रतिक्रिया दिनुहोस्