ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यार्चा किन्न हेलिकप्टरमा


एबीसी न्यूज


रुकुमपूर्व, २५ जेठ । जिल्लाको बुकीमा यार्चा संकलनसँगै बिक्री पनि सुरु भएको छ । यस सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्चा खरिद गर्न व्यापारी यहाँ आएका हुन् ।

४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी यहाँ आएका भीमबहादुर ओली, राजन भट्ट र पंकज दवाडी ७ किलो ८ सय ग्राम यार्चा खरिद गरी लगत्तै काठमाडौं फर्किए ।

बुकीमा प्रतिगोटा ६ सय ५० रुपैयाँमा यार्चा खरिद गरेको व्यापारी ओलीले बताए । ‘५ सयदेखि ५ सय ५० रुपैयाँसम्म प्रतिगोटा यार्चा कारोबार भइरहेको रहेछ,’ उनले भने, ‘हामीले प्रतिगोटा ६ सय ५० रुपैयाँ तिरेर एकमुष्ट ठूलो मात्रामा यार्चा उठायौं ।’

उनीहरूले एक सय जनाबाट यार्चा खरिद गरेका थिए । ‘धेरै टिप्नेले दिनमा ३ सय ग्रामसम्म संकलन गर्दारहेछन्,’ व्यापारी ओलीले भने ।

बुकीमा गोटाका आधारमा खरिद गरेका उनीहरूले रुकुमपश्चिम सदरमुकाम मुसीकोट पुर्‍याएर यार्चा तौलिएका थिए । जिल्ला वनबाट छुट पुर्जी लिन उनीहरू त्यहाँ पुगेका हुन् । खरिद गरेको यार्चा वन कार्यालयले तौलेर टाँचा लगाएको थियो ।

‘प्रतिकिलो १८ लाख ५० हजार रुपैयाँ पर्न आयो,’ ओलीले भने । सामान्यतया १ किलो यार्चामा २ हजार ८ सय वटा हुन्छन् । उनका अनुसार बिहीबार मात्रै १ करोड ४४ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । दलालमार्फत नभई सीधै स्थानीयबाट खरिद गरेको उनीहरूले बताए ।

उनीहरूले छुट पुर्जीबापत प्रतिकिलो २५ हजारका दरले जिल्ला वनलाई २ लाख ५० हजार रुपैयाँ राजस्व तिरे । ७ किलो ८ सय ग्रामको १ लाख ९५ हजार रुपैयाँ तिर्नुपर्नेमा १० किलोको छुट पुर्जी बनाएकाले त्यति रकम तिरेको उनीहरूले बताए ।

बाँकी यार्चा अर्को पटक लैजाने पनि उनीहरूले बताए । ‘बिहीबार खरिद गरिएको यार्चा १/२ दिनमै चीन पठाइनेछ,’ ओलीले भने, ‘हाम्रा व्यापारी मित्र भट्ट चीनमा बस्छन् । उनले त्यतै यार्चा बिक्री गर्नेछन् ।’

असुरक्षाका कारण हेलिकप्टर चार्टर गरेरै यार्चा खरिद गर्न आएको व्यापारीले बताए । ‘हेलिकप्टरमा नगद बोक्न नपाइने हुनाले सबै रकम चुक्ता गर्न सकेनौं,’ ओलीले भने, ‘बाँकी रकम बुझाउन बुकीबाटै एक जनालाई सँगै काठमाडौं लिएर जाँदै छौं ।’

५ वर्षपछि बुकीमा यार्चा खरिद गर्न हेलिकप्टर पुगेको हो । यसअघि ०७० सालमा पनि व्यापारी हेलिकप्टर लिएर यार्चा खरिद गर्न बुकी पुगेका थिए । स्थानीय भरतकुमार पुनका अनुसार असुरक्षाका कारण लामो समय व्यापारी बुकीमा नआएपछि एकै पटक ठूलो मात्रामा यार्चा बिक्री भएको थिएन ।

यस सिजनमा बुकी खुला भएको १० दिन भयो । जेठ १५ गतेदेखि बुकी खुला गरिएको थियो । पुथाउत्तरगंगा गाउँपालिकाका १ र २ वडाको पुपाल, अरबिजा, जंगला, पूर्वाङ, भित्रीवन, उङ्ला, निम्कु, पानीढल, फूलबारीलगायत स्थानमा यार्चा पाइन्छ । स्थानीय तथा अन्य सर्वसाधारणको आम्दानीको मुख्य स्रोत यही भएकाले संकलनका लागि प्रत्येक वर्ष एक महिना बुकी खुला गरिन्छ ।

यार्चा सिजन व्यवस्थापन समितिले यस वर्ष यार्चा टिप्न पुगेका स्थानीयबाहेकलाई प्रतिव्यक्ति १ हजार ५ सय, स्थानीय व्यापारीलाई १५ हजार र बाहिरका व्यापारीलाई ३० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com