ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तह जवाफदेही बन्नुपर्छ : आयुक्त डा गुरुङ


एबीसी न्यूज
जेष्ठ २५, २०७५ शुक्रबार   ८ : १४   बजे

धनकुटा, २५ जेठ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्रा थापा गुरुङले सुशासनको प्रत्याभूति दिलाउँदै जवाफदेही सेवा प्रवाह गर्न स्थानीय तहलाई निर्देशन दिनुभएको छ ।

बिहीबार धनकुटा जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषय अन्तक्र्रिया कार्यक्रममा स्थानीय तहले भ्रष्टाचारमा शून्य सहनशीलता व्यवहारमा देखाउनुपर्ने बताउनुभयो ।

जिल्लाका सातवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष एवं जिल्लास्थित कार्यालयका प्रमुखलाई सिंहदरबारको अधिकार वडा कार्यालयबाट सेवा प्रवाह हुने भएकाले जनअपेक्षाअनुसार सरकारले तोकेका ऐन, नियम र कार्यविधिको परिपालना गर्नसमेत अग्रह गर्नुभयो ।

सबै प्रकारका सेवाप्रदायक कार्यालयमा बडापत्र राख्ने, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने एवं सेवाग्राहीमैत्री कार्यालयको वातावरण राख्न निर्देशन दिनुभयो ।

बहुराष्ट्रिय चासोको विषय बनेको भ्रष्टाचार पछिल्लो समय नेपालमा जनसरोकारका कार्यालय शिक्षा, स्वास्थ्य, स्थानीय तह, भौतिक निर्माणका कार्यालयका अत्यधिक उजुरी आयोगमा पर्ने गरेका कारण थप सजग हुन आयुक्त गुरुङले निर्देशन दिनुभयो ।

यस वर्ष धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लामा अख्तियार दुरुपयोग गरेका कूल १२७ उजुरीमध्ये ५१ वटा मात्र बाँकी रहेका छन् भने अन्य किनारा लगाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

पहिलो हाफमा कोलम्बियाको अग्रता

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group