ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोसाईकुण्डमा पनि अब केबुलकार


admin
जेष्ठ २३, २०७५ बुधबार   ३ : ०८   बजे

रसुवा, २३ जेठ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् ।

गोसार्इंकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन् । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत् उत्पादन गरेसँगै गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने आवधारणाले मूर्तरुप लिन सक्ने भएको छ ।

जिन्दगीमा एक पटक पुग्नै पर्ने तीर्थ गोसाईंकुण्डको यात्रा सहज बनाउन प्रदेश नं. ३ का सरकारले गरेको निर्णयले अब धुञ्चे—गोसाईंकुण्ड केबलकार निर्माणमा सहज भएको नागरिक समाजले जनाएको छ ।

केबलकारको निर्माणले प्राकृतिक छटाको अवलोकन गर्दै गोसाईंकुण्ड सरर जान सहज हुनेछ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको, केबलकारको दुरी धुञ्चेबाट गोसार्इंकुण्ड आठ किलोमिटर रहेको, भगवानशंकर गोसाईंबाबाले निलाद्रिपर्वत जाँदा प्रयोग गर्नुभएको मार्गलाई नै अनुशरण गरिएको तथा गोसार्इंकुण्ड गाउँपालिकाकै वडा नं ५ र ६ अन्तर्गत धार्मिक मार्गमा पाँच वर्षभित्र केबलकार निर्माण गरीसक्ने लक्ष्य लिइएको छ ।

केबलकार निर्माणका लागि रु दुई अर्ब लागतअनुमान गरिएको छ । रसुवाका– ५ वटै गाउँपालिका र केही निजी क्षेत्रको समेत लगानीमा केबलकार निर्माण गर्ने तय भइसकेको र त्यसमा चिनियाँ लगानीकर्ताले पनि लगानी गर्ने प्रतिवद्धता जनाएको स्थानीय अध्ययन तामाङले बताउनुभयो ।

स्याफ्रु—मैलुङ सडक निर्माण भइसकेको र धुञ्चे जोड्ने करीब पाँच किमि. सडकको निर्माण प्र्रक्रिया पनि अगाडि बढिसकेकाले अब बेत्रावतीबाट मोटरद्वारा एक घण्टामा धुञ्चे पुग्ने वातावरण सृजना भएको गोसाईंकुण्ड गाउँपालिकाले जनाएको छ ।

भगवान शंकर हिँडेको मार्गलाई पहिल्याइ शास्त्रीय विधिअनुरुप धुञ्चे गोसाईंकुण्ड केबलकार निर्माण गर्ने प्रस्तावले सम्पूर्ण लामा गुरुहरुमा उत्साह बढाएको बताउँदै पुरोहित टंकप्रसाद ढकालले भन्नुभयो, “स्थानीय सरकारले लिएको नयाँ नीतिबाट अब लाखांैलाख भक्तजनलाई तीर्थ पुग्न सहज हुनेछ ।”

गोसाईकुण्डमा स्नान एवं पूजा गर्नाले आफूले मागेका सबै वर भगवानले दिने, शरीरमा रोग लाग्न नदिने, लागेका रोग हट्ने, घर परिवारमा सुख शान्ति मिल्ने र कामका लागि गएका सबै परिवारको लक्ष्य पूरा भई धन धान्य हुने विश्वास रहिआएकाले जो कोही मानिसले पनि जिन्दगीमा एक पटक भए पनि यो कुण्डमा पुग्नैपर्ने मान्यता रहिआएको पुरोहित ढकालले बताउनुभयो ।

धुञ्चे गोसार्इंकुण्ड केबलकारको अवधारणा २०६० सालबाट तत्कालीन समयमा राससले समाचार उत्पादन गरी गोरखा, पत्र र रेडियो नेपालले प्रकाशन प्रशारण गरेको र जनहितकारी कार्यमा यी संस्थाले पुु-याएको योगदान अविस्मरणीय रहेको रसुवाका नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले स्मरण गर्नुभयो ।

धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणले अब भक्तजन मात्रै होइन, पर्यटकसमेत बृद्धि हुने बताउँदै रसुवा– नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम ( दुर्गानाथ) न्यौपानेले गोसार्इंकुण्डमा पर्यटकको अभिवृद्धि गर्न आफ्नो संस्था निरन्तर अगाडि बढ्ने बताउनुभयो ।

प्रदेश नं. ३ का सरकारले स्याफ्रुवँेशी, लाङटाङ क्याङजेन पर्यटकीय क्षेत्रलाई डा. प्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग नामाकरण गरेकोमा लाङटाङवासीले त्यसको पनि स्वागत गरेका छन् ।

लाङटाङ पुनः निर्माण व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले अवका दिनमा लाङटाङ क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुनेमा लाङटाङवासी आशावादी रहेको बताउनुभयो ।

डा योञ्जनका अनुसार, रसुवाको हिमाली क्षेत्रमा रेडपाण्डा भएको पुष्टी १९८७ मा नै भएको थियो । उहाँको अध्ययनबाट चन्दनबारी तथा लाङटाङ पदमार्गको ठूलो स्याफ्रुको माङ्चे जंगललगायत क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा पाएको पुष्टि गरेपछि संरक्षणका लागि सहभागितामूलक तवरले सबै क्षेत्र अगाडि बढीरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणको काममा लगानीकर्तालाई पूर्णरुपमा सहयोग र समर्थन मिल्ने तथा छिटोभन्दा छिटो निर्माणका लागि आफूले समन्वयकारी भूमिका निर्वाह गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group