
काठमाडौं, २३ जेठ । सरकारले विपद् जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने घोषणा गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले विपद् जोखिम न्यूनिकरणका लागि कार्यकारी अधिकारसहितको विपद जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने घोषणा गर्नु भएको हो ।
बुधबार काठमाडौंमा आयोजित ‘विपद जोखिम न्यूनिकरणसम्बन्धि अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उहाँले प्राधिकरण छिट्टै गठन हुने र त्यसले विपद् जोखिम न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नु भयो ।
नेपालमा हरेक वर्ष औसतमा ९ सय जना मानिसको ज्यान बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिका कारण हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ ।
गृहमन्त्री थापाले सरकारले विपद जोखिम न्यूनिकरणका लागि स्थानीय तहसम्मै संरचना खडा गरेर अघि बढने योजना पनि अघि सार्नु भयो । गृहमन्त्री थापाले विपद् जोखिम न्यूनिकरणका लागि ऐन, कानुनमा सुधार गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्