काठमाडौ, २३ जेठ । मकवानपुर र सर्लाहीमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य सातजना घाइते भएका छन्।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा मंगलबार साँझ परेको चट्याङ लागेर ५५ वर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङको मृत्यु भएको हो।
चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बोटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लाकेन्द्र श्रेष्ठले जानकारी दिए।
चट्याङ लागेर २२ वर्षीया विमला थिङ, २ वर्षीया निष्मा भोलन, ५ वर्षीया निमेष भोलन र ६ वर्षीया रन्जु थिङ घाइते भएका छन्। घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ।
त्यसैगरी सर्लाहीको इश्वरपुर नगरपालिका १२ घारीबथानमा मंगलबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ। अन्य तीनजना घाइते भएका छन्।
घरमा बसिरहेको बेला चट्याङ लाग्दा स्थानीय ४० वर्षीया जोखुमाया वाइबाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर मृतककी छोरी सात वर्षीया शान्तमाया, छिमेकी ७० वर्षीया शान्तिमाया क्याप्छाकी र छिमेकी १० वर्षीय बालक सरोज विक गंभिर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि वीरगञ्ज लगिएको छ।



















प्रतिक्रिया दिनुहोस्