
काठमाडौं, २२ जेठ । साढे ३३ केजी सुन र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती गोरेका सहयोगी राम तिवारी पक्राउ परेका छन् ।
दक्षिण कोरियाबाट फर्किएका उनलाई प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले पक्राउ गरेको हो । समितिका एक अधिकारीले तिवारी मंगलबार पक्राउ परेको पुष्टि गरेका छन् ।
यसअघि सार्वजनिक भएको अपराध महाशाखाका तत्कालिन डिएसपी प्रजित केसी र गोरेबीचको संवादमा तिवारीलाई भेट्न गोरेले आग्रह गरेका थिए । उनी आफ्नो सहयोगी भएको सङ्केत गोरेले गरेका थिए । ‘त्योसँगसँगै अन्य सबुत, प्रमाणहरुको आधारमा उनलाई पक्राउ गरिएको हो’, समितिका ती अधिकारीले भने ।



















प्रतिक्रिया दिनुहोस्