
चितवन, २२ जेठ । पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
प्रहरीका अनुसार पहिरो पन्छाएपछि बिहान पौने दश बजेबाट सडक दुईतर्फी संचालनमा आएको हो ।
विहान चारकिलो भन्ने ठाउँमा पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको थियो । सडकमा अत्यधिक सवारी चापका कारण यातायात आवतजावत सहज हुन भने तीन घण्टाभन्दा बढी समय लाग्ने देखिएको प्रहरीले जानकारी दिएको छ ।



















प्रतिक्रिया दिनुहोस्