काठमाडौं, २० जेठ । महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले नक्कली प्रहरीदेखि अश्लिल गतिविधिमा संलग्न समेतका व्यक्तिहरुलाई पक्राउ गरेको छ।
विभिन्न अपराधीक गतिविधिमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। उनिरुलाई गत साता पक्राउ गरिएको हो ।
यहि १३ गते सादा पोशाकमा हिड्ने घुमुवा प्रहरी हुँ भन्दै मित्रनगरका होटलमा पैसा मागिरहेका एक युवकलाई पक्राउ गरेको थियो। त्यस्तै १४ गते बजाज मोटरसाइकलको सोरुमा तास खेलिरहेका ४ जनालाई पक्राउ गरी प्रभागले महाराजगञ्ज वृत्तमा पठायो।
१६ गते दोहोरी तथा डान्सबारहरुमा छापा हानी कम उमेरका ३ जनाको उद्धार भएको थियो।
त्यस्तै १७ गते अश्लील गतिविधिमा संलग्न ३ जना युवतीलाई प्रहरीले पक्राउ गरेको थियो। सडकमा बसेर अश्लिल बोल्दै सर्वसाधरणलाई बाध पु¥याएको आरोपमा तीन युवतीलाई पक्राउ गरी कारबाहीका लागि महाराजगञ्ज वृत्त पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्