ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमालाई गरेको दुव्र्यवहार सहन नसकेर एक युवाले साथीसँग मिलेर हत्या गरे


एबीसी न्यूज
जेष्ठ १९, २०७५ शनिबार  ९ : १३ बजे
unn.prixa.net

काभ्रे,१९  जेठ ।   बनेपा वडा नम्बर ११ बस्ने ३७ वर्षका ईश्वर थापाको हत्या गरी फरार रहेका युवकलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । पक्राउ परेका युवाले आफ्नो आमालाई गरेको दुव्र्यवहार सहन नसकेर एक युवाले साथीसँग मिलेर हत्या गरेको स्वीकारेका छन् । उनीहरुले बयानमा आफ्नो आमालाई गरेको दुव्र्यबहार सहन नसकेर थापालाई कुटपिट गरी हत्या गरेको बताएका हुन् ।

जेठ १४ गते हत्या गरी फरार रहेका सिन्धुपाल्चोक हेलम्बु स्थायी घर भएका वसन्त खड्का र काभ्रे जिल्ला बनेपा वडा नम्बर–४, का राजु सिग्देललाई पहरीले पक्राउ गरेपछि खड्काले आमालाई थापाले बारम्बार मानसिक यातनाका साथै दुव्र्यवहार गरेकाले आफूहरुले उनको हत्या गरेको बयान दिएका हुन् ।

‘आमालाई गरेको दुव्र्यवहार सहन नसकी बाँस र रड प्रहार गरी भागेँ, पछि मरेको थाहा पाएपछि विराटनगर पुगे ।’, १८ वर्षका खड्काले बयानमा भने । जेठ १४ गते थापाले आफ्नै घरमा आएर आमालाई कुटपिट सुरु गरेपछि खड्काले पनि कुट्ने योजना बनाएको बताए ।

‘आफूसँग भएको आमाको नागरिकता र जग्गाको लालपूर्जा समेत थापाले लगे’, खड्काले भने, ‘बारम्बार माग्दा पनि दिएनन्, त्यसपछि एकजना साथीलाई लिएर म उनको कोठामा पुगेर नागरिकता र लालपूर्जा मागे, चुप्पी देखाएर थर्काउन खोजे अनि नजिकैको बाँस र रडले हानेको, के भयो, थाहा भएन ।’

इलाका प्रहरी कार्यालय बनेपा प्रमुख प्रहरी निरीक्षक सुनिल जंग शाहले हत्यामा संग्लन रहेकाहरुलाई मोरङ प्रहरीको सहयोगमा पक्राउ गरिएको जानकारी दिनुभयो । ‘कुटपिट गर्दा इश्वर मरेको भन्ने थाहा पाएपछि उनीहरु भागेर विराटनगर पुगेछन्, खान बस्न पैसा नभएपछि परिवारमा फोन गर्ने क्रममा नम्बर ट्रेस गरेर पक्रन सफल भयौं’, निरीक्षक शाहले भन्नुभयो, ‘इश्वरको विषयमा चौकीमा उजुरी आएको र केही समय अघि एक महिलालाई दुव्यवहार गरेको भन्ने थाहा पाएपछि थप अनुसन्धान ग¥यौ र बसन्त र उसको साथीलाई पक्रन सफल भयौं ।’

बसन्तका आमा मेनुका खड्कालाई घटनाका दिनमा पनि इश्वरले कुटपिट गरेका थिए । नाताले इश्वर र बसन्तको आमा मेनुका भिनाजु र साली हुन् ।
पक्राउ परेका बसन्त खड्का अहिले कक्षा ११ मा अध्ययनरत रहेको इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com