ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, कसले के भने..


admin
जेष्ठ १८, २०७५ शुक्रबार  १ : ३७ बजे

काठमाडौँ, १८ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको छलफल जारी छ ।

छलफलमा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकास र समृद्ध मुलुकको सपनालाई विपनामा बदल्न बजेटमा त्यस्ता कार्यक्रम नल्याइएको टिप्पणी गर्नुभयो ।

बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा निर्देश गर्न नसकेको भन्दै पूर्व अर्थमन्त्रीसमेत रहनुभएका उहाँले बजेटमा प्राथमिकता किटान र विश्वसनीयताका आधार राख्न नसकेको तथा जनतामा आशाको सञ्चार जगाउन नसकेको बताउनुभयो ।

वैदेशिक लगानी तथा रोजगार वृद्धि गर्ने ठोस आधार नरहेको र वितरणमुखी योजना रहेको बताउँदै सांसद कार्कीले राष्ट्रपति महिला उत्थान कोष र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सरकारले आफ्ना कार्यकर्ता पोस्ने बाटो खोलेको आरोप लगाउनुभयो । सम्माननीय पदलाई विवादमा ल्याउन नहुने उहाँको धारणा थियो ।

ज्येष्ठ नागरिक र गम्भीर प्रकृतिका बिरामीका लागि काँग्रेस नेतृत्वको तत्कालीन सरकारले गरेका काम बजेटमा उल्लेख नगरिएको भन्दै सांसद कार्कीले आपत्ति जनाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका अग्निप्रसाद सापकोटाले बजेटले नेपाली मौलिकताअनुसारका कार्यक्रम अघि बढाएको, प्राथमिकता निर्धारण गरेको, रोजगारका कार्यक्रम ल्याएको, ठूला आयोजनालाई प्राथमिकतामा राखेको, हरेक प्रदेशमा शिक्षण अस्पताल खोल्नेलगायत कार्यक्रम रहेको भनी प्रशंसा गर्नुभयो ।

बजेट सकारात्मक भए पनि घोषणापत्रमा प्रतिबद्धता गरेका नीति तथा कार्यक्रम र नेताहरुले प्रतिबद्धता गरेका विषयलाई भने अग्रगामी फड्को मार्न नसकेकाले जनतामा कम उत्साह देखिएको बताउनुभयो ।

बजेट सफल रुपमा निर्माण गर्न ज्ञान र राजनीति दुवै आवश्यक पर्छ तर अर्थमन्त्रीको यसमा राजनीतिक सुझबुझमा कमी देखिएको धारणा व्यक्त गर्दै उहाँले बजेटले भूकम्पपछिको पुनःनिर्माण र अरनिको राजमार्ग मर्मत र विस्तारका लागिसमेत आवश्यकताअनुसारका कार्यक्रम ल्याउन नसकेको बताउनुभयो ।

सोही पार्टीका खगराज अधिकारीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि बजेटले शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकासमा बजेटले प्राथमिकता निर्धारण गरेको बताउनुभयो ।

उहाँले समान कामको समान ज्याला, विदेशबाट फर्केर आएका युवालाई सहुलियत दरमा ऋण दिने, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम भएकाले बजेट अग्रगामी भएको चर्चा गर्नुभयो ।

पूर्व मन्त्रीसमेत रहनुभएका सांसद अधिकारीले बजेटले विपन्न र दलित समुदायको सीप सम्बोधनका लागि कार्यक्रम ल्याएकाले बजेट समाजवादतर्फ उन्मुख भएको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रप्रसाद यादवले राजनीतिक सहमतिबिना आर्थिक समृद्धि नहुने भन्दै बजेटले प्रदेश र स्थानीय तहमा उत्साह जगाउने खालको कार्यक्रम नदेखिएको बताउनुभयो ।

पूर्व मन्त्रीसमेत रहनुभएका सांसद यादवले जनसंख्याअनुसार बजेटको व्यवस्था गर्नुपर्ने, बाढीपीडितका लागि पनि प्राधिकरण गठन हुनुपर्ने माग गर्दै बजेटका कार्यक्रम हेर्दा केन्द्रीकृतजस्तो देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले कृषि र सिँचाइमा पर्याप्त बजेटको व्यवस्था गर्न नसकेको बजेटले तराई मधेशलाई पनि उपेक्षा गरेको टिप्पणी गर्दै पर्यटन र जलस्रोत नै मुलुकको समृद्धिको आधार भएकाले त्यसमा आधारसहितका कार्यक्रम अघि सानुपर्ने सुझाव दिनुभयो ।

संघीय समाजवादी फोरम नेपालका सांसद विमलप्रसाद श्रीवास्तवले किसानलाई के आवश्यक छ, कसरी उत्पादन बढाउने भन्ने कुरा बजेटमा देखिएन, मजदुरको समस्या के छ, के सुविधा दिने केही छैन भन्नुभयो ।

बजेटमा राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउने सम्बन्धमा पनि केही व्यवस्था नभएको भनी आलोचना गर्दै सांसद श्रीवास्तवले जीवन धान्न सक्ने तलबको व्यवस्था गर्न सुझाव दिनुभयो ।

मुलुकभर तुइन विस्थापन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको यसअघि कै घोषणा अझै कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले जनता आवास निर्माणको कार्यक्रमका लागि पर्याप्त बजेटमा व्यवस्था नभएको टिप्पणी गर्नभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते संघीय संसद्मा आगामी आवको राजश्व र व्ययको वार्षिक विवरण प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभामा बजेटमाथिको छलफल बिहीबारदेखि शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा ८ घाइते, चार जनाको अवस्था गम्भीर

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com