ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्वाटरमा सुतिरहेका डाक्टरलाई बोलाउन जाँदा


एबीसी न्यूज
जेष्ठ ६, २०७५ आईतबार   ९ : ५०   बजे

 

गौशाला, ६ जेठ ।  महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् ।

अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् ।  अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका डाक्टरलाई इमर्जेन्सीमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु बोलाउन सक्दैनन् । किनकि डाक्टरलाई बोलाउन जाँदा डाक्टरले गाली गर्छन् र यसैगरी बिरामी दिक्क भएर अन्य अस्पताल वा बाहिर जाने गर्छन् ।

शनिबार जिल्ला अस्पताल जलेश्वरमा आमा बिरामी भएर जँचाउन गएका जलेश्वर–२ बस्ने सञ्जित चौधरीले आमा सिकिस्त भएको भन्दै इमर्जेन्सीमा खटिरहेका स्वास्थ्यकर्मीलाई डाक्टरलाई बोलाइदिन आग्रह गर्दा डाक्टर नआएपछि उनले सञ्चारकर्मीलाई भनेपछि यो रहस्य खुलेको हो ।

बिहानैदेखि आमा बिरामी भएर अस्पताल पुगेका चौधरीले जिल्लाका पत्रकार, प्रशासन र अन्य ठाउँमा इमर्जेन्सीमा डाक्टर नबसेको र फोन गर्दासमेत नटेरेको जानकारी गराएपछि जिल्ला अस्पताल प्रमुख डा राजीव झा चारैतिरबाट फोन आएपछि आफैँ केही घण्टापछि बिरामी जाँच्न पुगेका थिए ।

यो एकदिन वा दुईदिनको घटना होइन । त्यहाँका डाक्टर सधैँ त्यस्तै गर्ने गरेको जिल्ला अस्पतालका अन्य कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । उनीहरुले कुनै भिआइपी वा उनका घरपरिवारका कोही बिरामी भएमा उनले आफैँ डाक्टरलाई फोन गरेपछि मात्रै डाक्टर आउने गरेको बताए । तर सामान्य नागरिक बिरामी भएर अस्पताल पुग्दा प्रायः डाक्टर नआउने र विभिन्न बहाना बनाएर बिरामीलाई अन्यत्र पठाउने गरेका छन् ।

यस सन्दर्भमा जिल्ला अस्पतालका प्रमुख डा झालाई फोन गर्दा उहाँले बिरामी वा बिरामीका आफन्तले पत्रकारलाई फोन गर्दैमा डाक्टर त्यहाँ आउने हो र ? भनी जवाफ दिनुभयो ।

महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा छजना मेडिकल अधिकृतको दरबन्दी रहेकामा कार्यालय प्रमुख डा राजीवकुमार झा स्थायी हुन् भने अन्य छजना डाक्टर करारमा खटिरहेका छन् । तर बिरामीको उपचारका लागि खोजेको बेला इमर्जेन्सीमा डाक्टर भेटिदैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group