ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादका कारण नेविसंघको प्रशिक्षण कार्यक्रम नौ घण्टापछि स्थगित


admin
बैशाख २६, २०७५ बुधबार  ८ : २२ बजे

काठमाडौँ, २६ वैशाख ।  नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बिहान आठ बजेका लागि बोलाइएको प्रशिक्षण कार्यक्रमको उद्घाटन विवादका कारण नौ घण्टासम्म शुरु हुन नसकेपछि अनिश्चितकालका लागि स्थगित भएको छ ।

नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई १० वर्षसम्म बन्दी बनाइएको सुन्दरीजलस्थित संग्रहालयमा संघका दुई पक्षले अलगअलग मञ्च निर्माण गरेपछि कार्यक्रम शुरु हुन सकेको थिएन । संघका अध्यक्ष नैनसिंह महर पक्षले पञ्चायतकालमा काँग्रेसले अपहरण गरेको हवाइजहाज राख्न बनाइएको जस्ताको टहरामा मञ्च बनाएको थियो ।

संघको असन्तुष्ट पक्षले भने खुला चौरमा मञ्च तयार पारेको थियो । पछिल्लो समय अध्यक्ष महरले विवादित जिल्लामा अधिवेशन नगराई टिके अध्यक्ष तोकेको, केन्द्रीय पदाधिकारी एवं सदस्य मनोनयन गर्दा सल्लाह नगरेको र विधान विपरीत आमन्त्रित सदस्य मनोनयन गरेको असन्तुष्ट पक्षको आरोप छ ।

अध्यक्ष महर पक्षले काँग्रेस सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरेको जनाएका छन् ।

असन्तुष्ट पक्षका केन्द्रीय सदस्य तेजबहादुर बानियाँ अध्यक्ष महरले दुईवर्षे कार्यकालमा विवाद भएका ११ जिल्ला र ४४ क्याम्पसमा अधिवेशन गराउन नसकेको बताउनुहुन्छ । सोलुखुम्बु, कास्की, सुर्खेत, सिरहा, रौतहट, कञ्चनपुर, भक्तपुर, पर्सा, धनुषा, रुपन्देही र मुस्ताङमा विधिसम्मत अधिवेशन हुन नसकेको उहाँले बताउनुभयो ।

संघको १२९ सदस्यीय कार्यसमितिमा १९ पदाधिकारीसहित ८४ सदस्य अध्यक्ष महरसँग असन्तुष्टि राख्दै एक हप्ता अघि फरक बैठक गरेका थिए । बैठकले अध्यक्ष महरले विधि विधान अनुरुप संघ सञ्चालन गर्न नसकेको भन्दै विरोध जनाएको थियो ।

संघका अध्यक्ष महर भने आफूले विधानले दिएको अधिकार प्रयोग गरी काम गरेको बताउनुहुन्छ । “विशेष कारणले आजको प्रशिक्षण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ, अर्को कार्यक्रम जिल्ला अध्यक्षलाई समेत सहभागी गराएर गरिनेछ”–रासससँग कुरा गर्दै उहाँले भन्नुभयो ।

संघले यसअघि आजका लागि संघका तर्फबाट निर्वाचित स्ववियू सभापति, पदाधिकारी र सदस्यका लागि भन्दै प्रशिक्षण कार्यक्रम राखेको थियो ।

संघका काठमाडौँ अध्यक्ष मनोज वैद्य अध्यक्ष महरले टिकेशैलीमा गर्नुभएको जिल्ला, क्याम्पस एकाई अध्यक्ष एवं केन्द्रीय पदाधिकारी, सदस्य र आमन्त्रित सदस्य फिर्ता नलिए समानान्तर कार्यक्रम गरिने बताउनुहुन्छ । विवाद समाधान गर्न बिहान काँग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा दुवै पक्षका नेतासँग छलफल गर्नुभएको थियो ।

सुन्दरीजलका स्थानीय काँग्रेस नेता कार्यकर्ताले भने विवाद समाधान गरेर एउटै कार्यक्रम गरेमात्र गर्न दिने अडान लिएका थिए । दुई वटा कार्यक्रम गर्न नदिने भन्दै काँग्रेस कार्यकर्ताले संग्रहालयको विद्युत् आपूर्तिसमेत बन्द गरिदिए । संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल पनि मिलेर एउटै कार्यक्रम गरेमात्र गर्न दिने अडान दुवै पक्षका नेतालाई जानकारी गराएको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com