ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिधार्थीलाई दुई दिन पाटन संग्राहलय घुमाउने नँया कार्यक्रम सुरु


admin
बैशाख २६, २०७५ बुधबार  २ : ३४ बजे

ललितपुर, २६ वैशाख । पाटन सङ्ग्रहालयले साताको दुई दिन विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित कार्यक्रम शुरु गरेको छ ।

सोमबार र बिहीबार दुईवटा विद्यालयका विद्यार्थी सङ्ग्रहालय घुमाउन थालिएको सङ्ग्रहालयका कार्यकारी अधिकृत सुरेश लाखेले बताउनुभयो ।

काठमाडौँ उपत्यकाका कक्षा ५ देखि माथिका विद्यार्थीलाई सङ्ग्रहालयमा घुमाउने गरी कार्यक्रम थालिएको हो । जिल्ला शिक्षा कार्यालयसँगको सहकार्यमा कार्यक्रम शुरु गरिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यार्थीले किताबमा पढेका वा नपढेका धेरै कुराको ज्ञान यहाँ पाउन सक्छन् ।”

सङ्ग्रहालयले विद्यार्थीलाई यहाँ भएका वस्तु र चोकका विषयमा जानकारी गराउनका लागि गाइडको व्यवस्था गरेको लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयले समूहमा विद्यार्थी ल्याउँदा यहाँ कर्मचारी उनीहरुसँगै घुम्ने र जानकारी दिने व्यवस्था गरेका छौँ ।”

नेपालीमा अझैसम्म सङ्ग्रहालय घुम्नुपर्छ भन्ने सोचाइको विकास भइसकेको छैन । यो उमेरका विद्यार्थीलाई सङ्ग्रहालय घुम्नुपर्छ भन्ने सिकाउन सके केही वर्षपछि सङ्ग्रहालय घुम्ने नेपालीको संख्या बढ्ने लाखे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यी विद्यार्थी नै केही वर्षपछिका सङ्ग्रहालयका नियमित आगन्तुक हुन् ।” सङ्ग्रहालयले केही वर्षदेखि नै विद्यालयका विद्यार्थी लक्षित गरेर विभिन्न कार्यक्रम गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com