ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहत शिक्षकका पीडा : समान काम असमान ज्याला !


admin

डोल्पा, २५ वैशाख । त्रिपुरासुन्दरी नगरपालिका–१ का पूर्णकेशर न्यौपाने राहत शिक्षकको दरबन्दीमा हुनुहुन्छ । उहाँ १८ वर्षदेखि त्रिपुरा मावि त्रिपुराकोटमा पढाउँदै आउनुभएको छ ।

न्यौपानेले राहत शिक्षक भएर पढाउन थालेको १५ वर्ष भयो । “राज्यले राहत शिक्षकलाई पनि दुर्गम भत्ता र पोशाक भत्ता दिन्छ भनेर आशा गर्दै उमेर ४० वर्ष पुग्न थालिसक्यो, अझै माग सम्बोधन भएको छैन्,” उहाँले भन्नुभयो ।

उमेर ४० वर्ष नाघिसकेपछि स्थायीका लागि प्रतिस्पर्धा गर्न नपाइने प्रावधान छ । “जिन्दगी राहतको जागिरे भएर बिताइयो, राहत शिक्षकलाई राज्यले हेर्छ कि भन्ने आशा अझै छ,” न्यौपानेले भन्नुभयो । काठमाडाँैमा पढाउने र विकट दुर्गम डोल्पामा पढाउने राहत शिक्षकलाई सँगै दाँजेर तलब उपलब्ध गराउँदै आएकोप्रति उहाँले गुनासो गर्नुभयो ।

“राहत शिक्षकमाथि सरासर विभेद भएको छ,” राहत शिक्षक समितिको जिल्ला अध्यक्षसमेत रहुनुभएका न्यौपानेले भन्नुभयो, “दुर्गममा अध्यापन गराउँदै आएका राहत शिक्षकलाई अन्य शिक्षक सरह दुर्गम भत्ता उपलब्ध गराउनुपर्छ ।” एउटै छानामुनि पढाउने शिक्षकले दुर्गम भत्ता, पोशाक भत्ता र विभिन्न किसिमको बिदा पाउने गरेपनि राहत शिक्षकलाई ती सबै सेवा सुविधाबाट वञ्चित गरिएको छ ।

“राहत शिक्षकलाई विभिन्न बिदा, दुर्गम भत्ता नपाएको पीडा त छँदैछ, स्थायी शिक्षकको पेलाइ ठेलाइ पनि खानु परेको छ”, राहत शिक्षक लोकेश खत्रीले भन्नुभयो, “एउटै विद्यालयमा दिनभर जोतिनु पर्छ, दिनमा सात–सात पिरियड पढाउनुपर्छ, अझ राहत भएकै कारणले अन्य स्थायी शिक्षकको तुलनामा बढी सक्रिय हुनुपर्छ भन्ने मान्यता हाबि छ, बिरामी पर्दासमेत बिदा पाउँदैनौँ ।”

पीडालाई लुकाएर निरन्तर पठनपाठनमा लागिरहेपनि दुर्गमका राहत शिक्षकको पीडामा मलम लगाउने काम राज्यबाट भएको छैन् । गत वर्षदेखि पाउने भनिएको पोशाक भत्तासमेत उनीहरुले पाएका छैनन् । एउटै विद्यालयमा स्थायी शिक्षकले जति लापरबाही गरे पनि केही पनि नहुने तर राहत शिक्षकले इमान्दार भएर पढाउँदा समेत अनेकौँ टीका टिप्पणी हुने गरेको राहत शिक्षकको गुनासो छ ।

“विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अहोरात्र खटिने राहत शिक्षक शुद्ध तलब स्केलमा मात्र पढाउन बाध्य छौँ,” त्रिपुराकोट मावि मद्धुका राहत शिक्षक शोभाकान्त पौडेलले भन्नुभयो । दुर्गम भत्ताको माग गर्दै पटक–पटक जिल्लास्थित विभिन्न शिक्षक संघ, संगठन, महासंघ, जिल्ला शिक्षा कार्यालयमार्फत राहत शिक्षकका मागहरु सम्बोधन गराउन केन्द्र धाए पनि सुनुवाइ नभएको उहाँ बताउनुहुन्छ ।

“तलबका भरमा जीवन निर्वाह गर्न धौ–धौ भइरहेको छ,” उहाँले भन्नुभयो, “दुर्गममा बढ्दो महँगीले दैनिक उपभोग्य सामानको चौगुणा मूल्य तिरेर किन्नुपर्ने बाध्यता छ ।” दुर्गमको शिक्षा, स्वाथ्य, यातायातदेखि सम्पूर्ण कुरा महँगो भएको थाहा पाउँदापाउँदै राज्यले राहत शिक्षकको मागलाई बेवास्ता गरेको उहाँको भनाइ छ । सरकारले एउटै जिल्लामा काम गर्ने अन्य स्थायी र अस्थायी शिक्षक तथा राहत शिक्षकबीच रु १६ हजार बराबरको दुर्गम भत्तामा विभेद गर्दै आएको उनीहरुले आरोप छ ।

एउटै विद्यालयमा पढाउने शिक्षकबीच विभेदको अवस्था सिर्जना हुँदा राहत शिक्षकमा नैराश्यता उत्पन्न भएको छ । यसले पठनपाठनमा बाधा पुगेको छ । महँगीका कारण सरकारले उपलब्ध गराउँदै आएको तलबले दुर्गमका राहत शिक्षकलाई बाँच्न मुस्किल भएको छ ।

“सडक सञ्जाल नपुगेका जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु छ, दुर्गमको बसाइ साह्रै महँगो छ, काठमाडौँ र डोल्पालाई तुलना गरेर एउटै तलब निर्धारण गरिनु गलत हो,” शिक्षा विकास तथा समन्वय एकाई शाखा डोल्पाका अधिकृत सिँहराज डाँगीले भन्नुभयो, “एउटै विद्यालयमा समान काम गरे पनि ज्याला असमान छ, राज्यले राहत शिक्षकको मागलाई सुनुवाइ गरे न्याय हुने थियो ।”

जीवन निर्वाहका अन्य बाटा रोज्दा दैनिक पठनपाठनमा समेत असर पर्ने गरेको डाँगी बताउनुहुन्छ । संघीय र प्रदेश सरकारमार्फत भए पनि राहत शिक्षकको माग सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “समान कामको समान ज्याला पाउनु पर्छ,” डाँगीले भन्नुभयो ।

डोल्पामा आधारभूत र माध्यमिक तहमा मात्रै ६५ जना राहत शिक्षक कार्यरत छन् । मुलुकभर ४० हजारभन्दा बढी राहत शिक्षक कार्यरत छन् । सरकारले राहत शिक्षकलाई प्राथामिक तहमा रु २२ हजार ५००, निमावि तहमा रु २३ हजार ५००, मावि तहमा रु ३१ हजार ५०० र उमावि तहमा रु ३४ हजार २२० तलब उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com