ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिपीको सिद्धान्त र विचारको जगमा नेपाल वर्तमान अवस्थामा- नेता पौडेल


admin
बैशाख २५, २०७५ मंगलबार  ५ : ४५ बजे

पोखरा, २५ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताउनुभएको छ ।

बिपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा बिपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले बिपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसले बिपीको बाटो नछाडेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यही बाटोबाटै सिंहदरबारको अधिकार गाउँमा पुगेको चर्चा गर्नुभयो ।

“नेपालमा ७० वर्षसम्म लाग्न नसकेको राजनीतिक टुङ्गो संविधानसभाका माध्यमबाट लागेको छ”, उहाँले भन्नुभयो, “जनताको पक्षमा संविधान निर्माण भएको छ, बिपीको समाजवाद निमुखालाई न्याय, बिमुखालाई आय थियो, राजनीतिक पार्टीको र सरकारको एजेण्डा पनि अब त्यही नै हुनेछ ।”

बिपीको नाम बेचेर मूल पार्टी काँग्रेसलाई नै हराउने र उम्मेदवार खडा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउँदै वरिष्ठ नेता पौडेलले जनताको भावनालाई आत्मसात् गर्दै पार्टीलाई आगामी दिनमा सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले बिपीको सिद्धान्त एवं आदर्श वर्तमानमा पनि उत्तिकै सान्दर्भिक एवं आवश्यक भएको बताउनुभयो ।

नेपाली काँग्रेस महासमिति सदस्य विनिता अधिकारीले बिपी दूरदर्शी नेता भएको बताउँदै नेपाली जनताको स्वतन्त्रता र लोकतन्त्रको स्थापनाका लागि उहाँले अघि बढाउनुभएको विचार तथा आदर्श प्रत्येक राजनीतिकर्मीका लागि प्रेरणको स्रोत भएको बताउनुभयो ।

नेपाल महिला संघका जिल्ला अध्यक्ष कोपिला रानाभाट, नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्मा, कार्यक्रम संयोजक लक्ष्मी पाण्डेलगायतले बिपीका विचारलाई जनतामाझ लैजान सकेमात्र पनि नेपाली काँग्रेसका पक्षमा जनलहर बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com