ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यार्सा संकलनका लागि पुर्जी दिने तयारी


admin

भीमदत्तनगर, २४ वैशाख । विगत झैँ यस वर्ष पनि प्रदेश नं ७ मा यार्सागुम्बा पाइने जिल्ला दार्चुला र बझाङमा यार्सा संकलनका लागि जाने क्रम शुरु भइसकेको छ ।

दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयले आगामी जेठको दोस्रो सातादेखि यार्सा पाइने अपिनाम्पाको उच्च हिमाली भेगमा जानका लागि संकलन पूर्जी दिने तयारी गरेको छ ।

यहाँको उच्च हिमाली भेगमा यार्सा संकलक गएर बसोबास र खाद्यान्नको व्यवस्थापनमा जुटिसकेको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँले यार्सागुम्बा व्यवस्थापन, २०७३ निर्देशिका अनुसार अपिनाम्पा संरक्षणमा जेठको दोस्रो साताबाट शुरु हुने बताउनुभयो ।

दार्चुलाको उच्च हिमाली भेग घुसा, खण्डेश्वरी, सित्तोला, गुल्जर, व्यास र राप्लाको उच्च हिमाली भेगमा यार्सागुम्बा संकलन गरिन्छ ।

“नियमअनुसार हामीले नागरिकता भएकाहरुलाई मात्रै संकलन पूर्जी दिन्छौँ,” प्रमुख संरक्षण अधिकृत उपाध्यायले भन्नुभयो, “यहाँका स्थानीयवासीको पुरानो चलन भनेको स्कूल नै बन्द गरेर बालबालिकासमेत संकलनमै लैजाने रहेछ ।” उहाँले यस वर्ष हिउँ नपग्लिएकाले अहिले संकलन शुरु नभइसकेको जानकारी संकलकबाट आएको बताउनुभयो ।

“अहिले हिउँ नै भएकाले संकलन गर्न समस्या छ भन्ने खबर आएको छ ।” उहाँले भन्नुभयो, “संकलकहरुलाई पूर्वतयारीका लागि भोलिबाट नै पूर्जी दिन्छौँ ।”

संकलित यार्सा खरिदका लागि सुदूर पूर्वको झापादेखि काठमाडौँ, विराटनगरदेखि जुम्लासम्मका यार्सा व्यापारी दार्चुला र बझाङ पुग्ने गरेका छन् । संकलकबाट यार्सा व्यापारीले रु १२ लाखदेखि रु १५ लाख प्रतिकिलोमा खरिद गर्छन् भने रु २०÷२२ लाख प्रतिकिलोका दरले बिक्री वितरण गर्ने गरेका छन् । गत वर्ष दार्चुलामा साढे सात क्विन्टल यार्सा संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ ।

“संकलन भएको यार्सा व्यापारीले प्रतिकिलो रु २५ हजार राजश्व तिरेर छुट पूर्जी लिएर जान्छन् ।” प्रमुख संरक्षण अधिकृत उपाध्यायले भन्नुभयो, “व्यापारीहरु धेरैजसो यार्सा किनेर काठमाडौँ लैजान्छन् ।” यार्साबाट मनग्य आम्दानी हुन थालेपछि दार्चुलामा स्थानीयवासीको संकलनमा बढी जोड रहँदै आएको छ ।

त्यसैगरी यार्सा पाइने अर्को पहाडी जिल्ला बझाङमा पनि यार्सा संकलक स्थानीयवासी उच्च हिमाली भेग पुगिसकेका छन् । यार्सा संकलनका लागि संकलन पूर्जी दिने जिल्ला वन कार्यालय बझाङको तयारी रहे पनि संकलकहरु पूर्जी लिन नआएको निमित्त वन अधिकृत कर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

संकलन पूर्जी लिन नआए पनि यार्सा संकलनका लागि स्थानीयवासी यार्सा पाइने बझाङको हिमाली भेग काँडा, धमेना, सुनिकोट, दवालीचौर, दहबगर र सुर्मा क्षेत्रमा पुगिसकेका छन् । गत वर्ष बझाङमा तीन क्विन्टलभन्दा बढी यार्सा संकलन भएको निमित्त वन अधिकृत खत्रीले जानकारी दिनुभयो ।

“अहिले संकलन पूर्जी लिन नआए पनि व्यापारी यार्सा गरिद गरेर छुट पूर्जी लिन यहाँ आइहाल्छन् ।” उहाँले भन्नुभयो, “यहाँ पनि यार्सा संकलनको समयमा विद्यालय बन्द रहन्छन ।” बझाङमा यार्सा पाइने स्थानहरु सदरमुकाम चैनपुरबाट तीनदेखि पाँच दिनको पैदल दूरीमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com