बाजुरा, २३ बैशाख । शनिबार राती परेको चट्याङ लागेर जगन्नाथ गाउँपालिका–२ लुमामा एकै परिवारका चार जना घाईते भएका छन् ।
घाईते हुनेमा गोरख सार्कीको श्रीमति जुनपुरा सार्की, छोरी रेशमा सार्की, मिना सार्की छोरा जीवन सार्की र छाया सार्की रहेका छन् ।
घाईते मध्ये १३ वर्षका छाया सार्कीको अवस्था गम्भीर रहेको गाउँपालिका प्रवक्त डबल विकले बताएका छन । खाना खान भनेर बसीरहेको बेला परेको चट्याङ लागेर उनीहरु घाईते भएका छन् ।
चट्याङका कारण घरभित्र रहेको सरसमानमा क्षति पुगेको छ । भने घरको छानो समेत भत्कीएको छ ।घाइत्यको उपचार प्रथामिक स्वास्थ्य केन्द्र कोल्टीमा भैरहेको छ ।



















प्रतिक्रिया दिनुहोस्