उदयपुर, २३ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका–५, मा सगरमाथा आयल स्टोर्समा अनुगमन टोलीले सिलबन्दी गरेको छ ।
केन्द्रीय नापतौल विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले पेट्रोलको परिमाणमा ठगी गरेको फेला पारेपछि पम्पमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खेमराज थापाले बताउनुभयो ।
उहाँका अनुसार पम्पबाट बिक्री गरिएको पेट्रोलको परिणाममा कमी भेटिएको थियो । प्रेट्रोल पम्प संचालिका प्रमिला राई कांग्रेसको तर्फबाट सांसद हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्