बझाङ, २३ बैशाख । बझाङको थलारा गाउँपालिका–४ नजिकै रहेको खहरे खोलाले बगाउँदा ३ जनाको मृत्यु भएको छ भने २ जना बालक बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा थलारा गाउँपालिका ४ का २८ वर्षीय हर्क विक, हर्क विककी श्रीमती २५ वर्षीय डल्लीदेवि विक र वडा नम्बर ४ कै कलसा विक रहेका छन् । स्थानयि बजार ढोड्य खेत बाट घर फर्कने आउने क्रममा गाँउको बिचमा भएर बग्ने गुह्या खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको स्थानीय बासीन्दाले बताएका छन् ।
शनिबार राती करीब ८ बजेतिर परेको अविरल बर्षाका कारण खहरे खोला आइ उनीहरुलाई बगाएको हो । यस्तै उक्त खोलाले बगाएर मृतक हर्क विककी ७ वर्षीय छोरी मनिसा विक र ४ वर्षीय छोरा सक्षम विक बेपत्ता भएका छन् ।
खहरे खोलाले बगाएका ३ जना हर्क विक, उनकी श्रीमती डल्लीदेवि विक र सोही गाँउकै कलसा विकको शव फेला परेको छ भने बालकहरुको खोजी कार्य भइरहेको जनाइएको छ । अहिले घटना स्थल तर्फ ईलाका प्रहरी चौकी थलाराबाट प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्