अछाम, २२ बैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले वैद्यनाथ क्षेत्रको विकास सरकारको मख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । वैद्यनाथ क्षेत्रमा आयोजित वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवको उदघाटन गर्दै रक्षामन्त्री पोखरेलले नेपालका चार धाममध्येक एक धाम वैद्यनाथ धाम पनि भएकाले यसको विकास आवश्यक रहेको बताउनुभएको छ । उहाँले वैद्यनाथ क्षेत्रको विकासको लागि ठोस योजना बनाउन आग्रह गर्नुभयो उहाँले यसको विकासको लागि केन्द्र सरकारले पनि पहल गर्ने बताउनुभयो । चालु आर्थिक वर्षमा वैद्यनाथ क्षेत्रका विकासको लागि २० लाख रुपैया विनियोजित गरिसकेको बताउनुभयो । धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व वोकेको क्षेत्र वैद्यनाथ क्षेत्रको विकासको लागि सरकारले कुनै कसर वाँकी नराख्ने पनि बताउनुभयो ।
यस्तै महोत्सव उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उप्रधानमन्त्री भीम रावलले वैद्यनाथ धामको धार्मिक तथा ऐतिहासिक महत्वको प्रवर्द्धन हुन नसकेको बताउनुभएको छ । बराहक्षेत्र, पाशुपत क्षेत्र र मुक्तिनाथ जत्तिकै आस्थाको केन्द्र मानिने वैद्यनाथ धाम प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउनुभयो । उहाँले वैद्यनाथ धाम अझै स्तरोन्नती हुने क्रममा रहेकाले अझै थुप्रै भौतिक संरचना निर्माण हुने क्रममा रहेको जानकारी दिनुभयो । वुढीगंगा नदीको कटान रोक्नको लागि पहल भईरहेको जानकारी गराउनुभयो । वैद्यनाथ धामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व वोकेको क्षेत्र भएका कारण यस संरक्षण तथा प्रवर्द्धनको लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
महोत्सव उदघाटन कार्यक्रम वोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वैद्यनाथ क्षेत्रको विकासलाई सरकारले योजना बनाएको बताउनुभएको छ । वैद्यनाथलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्दै आन्तरिक तथा वाह्रय पर्यटकहरुको आगमन गरेर स्वरोजगारका कार्यक्रमहरु सृजना गर्न सकिने समेत बताउनुभयो । उहाँले वैद्यनाथ क्षेत्रसँगै यस जिल्लाका पर्यटकियस्थल खप्तड, रामारोशनको विकासको लागि सरकारले पहल गर्ने बताउनुभएको छ । मन्त्री अधिकारीले जेठ १२ गते साँफेवगरस्थित एरपोर्ट सञ्चलानमा ल्याउने दावि समेत गर्नुभयो । सरकारको १०० दिनभित्रको उपलब्धिक अन्र्तगत साँफेवगर एरपोर्ट सञ्चालन हुने बताउनुभयो ।
वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सव मुल आयोजक समितिका अध्यक्ष हर्कबहादुर कुँवर गोविन्दको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री ईश्वर पोखरेल रहनुभएको थियो । यस्तै विशिष्ट अतिथि पूर्वउप्रधानमन्त्री भीम रावल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी रहनुभएको थियो ।
महोत्सवमा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, प्रतिनिधि सभा क्षेत्र नं।२ का सांसद यज्ञ वोगटी, प्रदेश सभा सदस्य मिना साउद, जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुँवर, १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको ,प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो । साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवर स्वागत मन्तव्य राख्नु भएकोे कार्यक्रमको सञ्चालन वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सव मुल आयोजक समितिका उपाध्यक्ष डण्डीराज जोशीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्