ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली र चिनियाँ अधिकारीबीच बन्दरगाह निर्माण शुरु गर्ने सम्झौता


admin
बैशाख २०, २०७५ बिहीबार  ६ : ३७ बजे

काठमाडौँ, २० वैशाख । ‘गोरखा भूकम्प’का कारण बन्द सिन्धुपाल्चोकको लार्चा सुख्खा बन्दरगाहको निर्माण पुनः शुरु हुने भएको छ ।

नेपाल र चीन सीमा नजीक तातोपानीको लार्चामा निर्माण हुने सुख्खा बन्दरगाह पुनःनिर्माण सम्बन्धमा आज नेपाली र चिनियाँ अधिकारीबीच निर्माण शुरु गर्ने सम्झौता भएको छ । नेपाल र चीन सरकारबीच भएको सहमतिअनुसार नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ इकोनोमिक एण्ड कमर्शियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच सुक्खा बन्दरगाह निर्माण शुरु गर्ने सम्झौता भएको हो ।

(लार्चा सुख्खा बन्दरगाह)

चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी (सिआरसिसी) ले आजैदेखि निर्माण शुरु गर्ने र आगामी एक वर्षभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । भूकम्पले क्षति पु¥याएका कारण सो सुक्खा बन्दरगाहको निर्माण रोकिँदै आएको थियो ।

भूकम्पलगत्तै बन्द तातोपानी नाका सञ्चालनमा ल्याउन समेत सो सुक्खा बन्दरगाह निर्माण हुनु जरुरी देखिएको थियो । तातोपानी सुक्खा बन्दरगाह पुनःनिर्माण गरी सञ्चालन ल्याउनका लागि वाणिज्य मन्त्रालय र चिनियाँ राजदूतावासबीच २०७३ चैत १८ मा हस्ताक्षर भएको थियो ।

यातायात विकास समितिका कार्यकारी निर्देशक बस्नेतका अनुसार तातोपानी सुक्खा बन्दरगाह निर्माण आयोजनालाई निरन्तरता दिन क्षतिपछिको पुनःनिर्माण कार्ययोजना बनाएर कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । सो कार्ययोजनानुसार परियोजना तीन भागमा विभाजन गरी निर्माण गरिने छ । सो परियोजनाको आपत्कालीन सुरक्षा, भौगोलिक क्षतिको व्यवस्थापन र आयोजनालाई निरन्तरता दिने सम्झौता गरिएको बस्नेतले जानकारी दिनुभयो ।

आयोजनास्थलमा चिनियाँ निर्माण व्यवसायीले पहुँचमार्ग, आवासगृह तथा अन्य निर्माणपूर्वको काम गरिरहेको थियो । द्विपक्षीय सम्झौता भएपछि बन्दरगाह निर्माणको काम नै शुरु भएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिनुभयो । बन्दरगाहसम्म पुग्नका लागि निर्माण भएको भोटेकोशी नदीमाथिको पुल बाढीले बगाएकाले पुल पुनः निर्माण गर्नुपर्ने भएको छ ।

हस्ताक्षर समारोहमा उपस्थित चिनियाँ प्रतिनिधि झाङ फ्यानले सुक्खा बन्दरगाह निर्माणका लागि आजैदेखि पहिलो चरणमा ४० चिनियाँ र अरु थप नेपाली कामदार परिचालित हुने र एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताउनुभयो । नेपाल सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने र चिनियाँ पक्षले समयमै निर्माण सम्पन्न गर्ने सहमतिसमेत भएको छ ।

कार्यकारी निर्देशक बस्नेतले सुक्खा बन्दरगाह निर्माणका लागि सरकारका तर्फबाट आवश्यक सहजीकरण तथा अन्य भौतिक सहयोगसमेत उपलब्ध गराइने विश्वास दिलाउनुभयो ।

चीन सरकारले तातोपानी नाका सञ्चालनमा ल्याउने विश्वास दिलाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन पहिले गर्नुभएको चीन भ्रमणका क्रममा समेत सो नाका सञ्चालनको विषयमा छलफल भएको थियो । सुख्खा बन्दरगाह तयार भएपछि तातोपानी नाकाबाट पुनः व्यापार विस्तारमा थप सहज हुने विश्वास लिइएको छ ।

गत चैत १ गते अर्थ मन्त्रालय र चिनियाँ सरकारबीच भौगर्भिक विपद् व्यवस्थापन परियोजना सञ्चालन र निर्माणलाई निरन्तरता दिने विषयमा सहमति भएबमोजिम चिनियाँ पक्षले तातोपानी सुख्खा बन्दरगाहको दोस्रो चरणको काम अघि बढाउन चीन रेल्वे १४औँ ब्यूरो ग्रुप कम्पनी लिमिटेडलाई परियोजनाको मुख्य ठेकेदार तथा बेइजिङ आर्किटेक्चर डिजाइन इन्स्टिच्यूट कम्पनी र सेन्याङ सुुपरभिजन एण्ड कन्सल्टेन्ट कम्पनीलाई आयोजना व्यवस्थापक कम्पनीका रुपमा छनोट गरिएको थियो ।

सो परियोजनाको कूल लागत करीब रु दुई अर्ब ३५ करोड अर्थात् १४ करोड ७० लाख युआन छ ।

तातोपानी सुक्खा बन्दरगाहको पुनःनिर्माण सम्बन्धमा दोस्रो चरणको काम अगाडि बढाउने सम्बन्धमा भएको सहमति कार्यान्वयन गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रिस्तरीय निर्णय गरी यायाताय विकास समितिलाई निर्देशन दिनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र)का नेता एवं सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अग्निप्रसाद सापकोटाले सुख्खा बन्दरगाहको निर्माण शुरु भएसँगै तातोपानी नाका खुल्ने सम्भावना बढेको बताउँदै नाका बन्दा हुँदा हजारौँको रोजगारी गुमेको, राष्ट्रिय राजश्वमा समेत क्षति पुगेको र व्यापार व्यवसायमा समस्या पैदा भएको अवस्थामा बन्दरगाह पुनः निर्माण हुने विषयले सिन्धुपाल्चोकवासीलाई खुशी तुल्याएको छ भन्नुभयो । नेता सापकोटाले स्थानीय गाउँपालिका, स्थानीयवासी, राजनीतिक दल तथा नागरिक समाजले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्ने र दुई देशको सम्बन्धलाई थपमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलाउनुभयो ।

नेपाल चीन सीमा जोड्ने मितेरी पुलबाट करीब ७ किमी तल सुख्खा बन्दरगाह निर्माण थालिएको हो । करीब ९० रोपनी क्षेत्रफलमा उक्त बन्दरगाह निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com